सामुदायिक वनले नेतृत्व तहमा पु¥यायो
कुनैबेला होटलमा चिया खाँदा समेत आफ्नै भाँडा थाप्न पर्ने अबस्थाकी महिला अहिले राज्यको ब्यबस्था परिबर्तनसँगै जनप्रतिनीधि बन्नुभएको छ । राज्यले सुनिश्चित गराएको अधिकारको प्रयोग र सामुदायिक वनले दिएको क्षमताको कारण जितपुर—सिमरा उपमहानगरपालिका २१, अमलेखगञ्जकी सीता बिश्वकर्मा अहिले आफ्नै वडामा दलित महिलाको प्रतिनिधित्व गर्दै जनप्रतिनीधि बन्नुभएको हो ।
अहिले आफ्नो समुदायको मात्र होइन सिंगो समाजको विकास र रुपान्तरणको वकालत नै गर्दै हिड्ने बिश्वकर्मा अहिलेको अबस्थामा आइपुग्नको लागि ठुलो चुनौति पार गर्दै प्राप्त अबसरको सदुपयोगको कारण रहेको बताउनुहुन्छ । साधरण लेखपढ गर्न सक्ने ५६ बर्षिया विश्वकर्मालाई पहिले हस्ताक्षर गर्न समेत आँउदैनथियो भन्दा अचम्म लाग्ने गर्छ । दलित समुदायकी उहाँलाई धारामा अरुसरह पानि भर्न, पसलहरुमा एकै स्थानमा उभिएर किनमेल गर्न र यहाँसम्मकी चिया पसलमा अरुसरह चिया पिउने समेत सपना जस्तो लाग्ने ग¥थ्यो । उहाँ ति दिनहरु सम्झदै भन्नुहुन्छ “आजको दिनको त मैले कल्पनासम्म नि गरेको थिइन, म कालो अक्षर भैंसी बराबर मान्छे , पसलमा सामान किन्दा त अरुलाई नछोइ बस्नुपर्ने थियो ।” उहाँ थप्नुहुन्छ“ पानि पँधेरो जाँदा पनि जोगिनुपर्ने मान्छे आज आफैलाई बिस्वास लाग्दैन कि म अरुलाई सिकाउदै हिड्छु, सफल बन्न प्रेरणा दिन्छु ।” उर्हाँ दलित हुनुमात्र होइन छोरा नजन्माएर ३ जना छोरीको आमा बन्नुमा पनि पिडा भोग्नपरेको गुनासो गर्नुहुन्छ । अरुले पटक पटक भन्दा आफुलाई पनि एउटा छोरा भैदिएकोभए पनि हुने भन्नेसम्मको कल्पना गर्ने गरेको बिश्व्कर्मा सुनाउनुहुन्छ । गरिब परिवार ३ छोरीको आमा त्यसमा पनि दलित समुदायमा रहनुको पिडा सुनाउदा उहाँको गला नै बस्यो भने आँसुको धारा मात्र देखिए ।
उक्त कहानी सुनाउदै गर्दा उहाँको अनुहारमा पनि परिबर्तन आइरह्यो । त्यो परिबर्तनको सुरुवात भने २०५६ सालदेखी भएको उहाँ बताउनुहुन्छ । सुरुमा गाँऊमा सामुदायिक वन बन्ने हल्ला सुन्नुभयो भने उक्त माग राखेर तत्कालिन समयमा अधिकारको लागि लड्दै गर्दा आफुमा छुट्टै अनुभुती भएको उहाँले सुनाउनुभयो । जिवनमा पहिलोपटक समुदायका अन्य जातजाती सरह उहाँहरुसंगै उभिनपाउनु पनि आफुलाई ठुलै कुरो लागेको उहाँको भनाई छ । उक्त घटनाले आफु पनि यहि समाजमा रहेछु भन्ने महशुस गराएको उहाँ सम्झनुहुन्छ । समय बितेसंगै २०५६ सालमा चुरियामाई मध्यवती सामुदायिक वन उपभोक्ता समुह गठन भएको र आफुहरुले आफ्नो वन पाएकोमा उहाँ अहिले पनि गर्ब महशुस गर्नुहुन्छ । यद्यपी उक्त समयसम्म पनि उहाँलाई आफु को हो र के गर्न सक्छु भन्ने बारे भने थाहा थिएन । पढ्न लेख्न नजानेको आफुलाई केही दिनमा नै उहाँले वन जोगाउने दायित्व पाएकोमा अब म पनि कोही रहेछु भन्ने महशुस गराएको स्मरण ताजा छ भन्नुहुन्छ उहाँ । त्यपछी उहाँको जिवनले एउटा नयाँ र सफल मोडको सुरुवात गरेको उहाँको भनाई छ । मकवानपुरको पालुङमा जन्मनुभएको बिश्वकर्मा आफ्नो पिताको साथमा सानै उमेरमा भुटान जानुभयो । बाल्यकाल भुटानमा नै बिताउनुभएको उहाँलाई बिबाहको प्रस्ताब भने नेपालको मकवानपुबाट नै आयो बिबाह पश्चात श्रिमानको साथमा रोजगारीको लागि पनि बारा जिल्लामा रहन थाल्नुभयो ।
सोही समयमा दलित भएर भोगेका पिडासंगै सामुदायिक वन उपभोक्ता समुह गठनले उहाँको जिवनमा थाहानपाउनेगरी परिबर्तनको लहर आएको उहाँ सुनाउनुहुन्छ । अब भने उहाँ समुदायका अन्य महिला र पुरुषसंगै आफ्नो वन आफै जोगाउनको लागि खट्न थाल्नुभयो । दिनभर घाँस दाउरा र गाइबस्तु हेर्न ब्यस्त हुने बिश्वकर्मा पनि अब रात्रीकालिन समयमा जंगल हेरालुको जिम्मेवारी पुरा गर्न सक्ने अबस्थामा आइपुग्नुभएको थियो । यो अबस्थासम्म केही साथिहरुले जातिय बिभेदको ब्यबहार गरेपनि आमी पनि यही यही समाजका सामाजिक ब्यक्ती हौं भन्ने जवाफ दिन सक्ने आँट आफुमा आइसकेको उहाँ सुनाउनुहुन्छ । समय बितेसंगै वन समाजमा बिभेदको लडाई मात्र होइन चोरी निकासी गर्न आउने हतियारधारीसंग पनि निडर भएर भिड्न सक्ने भैसकेको उहाँ सम्झानुहुन्छ । जंगलमा राति गस्ति गर्न जाँदा देशको सिमा पारीबाट आएकासंग त कतिपटक झडप भएको उहाँ सुनाउनुहुन्छ । त्यपछी उहाँमा आएको परिबर्तन सुनाउदै उहाँ भन्नुहुन्छ “ओहो म त महिला भएरपनि चोर डाँकाहरुसंग भिड्न सक्ने रहेछु , पुरषहरुले जस्तै काम गर्न सक्ने पो रहेछु । फेरी पानि नचल्ने मेरो हातले जोगाएको रुखपात अरु जातजातिले पनि प्रयोग गरेका छन् ।” यस्ता सोंचले उहाँ एकरात नसुतेको सुनाउनुहुन्छ । त्यसपछी सबैसंग संधै दिउसो उही जंगलको घाँसपात ल्याउने र रातमा गस्ति गरेर चोरी निकासी रोक्ने काम दैनिकी नै बनेको उहाँको भनाई छ । यतीबेलासम्म आइपुग्दा उहाँमा फरक उर्जा मात्र होइन साक्षर बन्ने अठोट योजनाले पनि मनमा डेरा जमाइसकेको थियो । यसपछी उहाँले बैकल्पिक शिक्षाबाट साक्षर बन्ने अबसर पाउनुभयो ।
एकदिन त सिकारीको बन्दुक नै खोसेर राखिदिएको रोचक घटना सुनाउदै उहाँ भन्नुहुन्छ “ हामी जंगलमा गस्ति गरिरहेको थियौं, सोही समयमा बञ्चरो, खुर्पा र बन्दुक लिएर चोर डाँका आएको देखेर अतिकति डर त लागेको थियो तर हामीले किन नसक्ने, हामी यही पनि उनिहरुजस्तै मान्छे हो उनिहरुले चोर्न सक्छन् भने हामी ती चोर लखाट्न सक्छौं भन्ने लाग्यो सक्यौं पनि ।”
तराईको ग्रामिण जिवन जंगल घाँसपात अनि गोठालोमा नै बित्ने गरेको उहाँ सुनाउनुहुन्छ । आफ्नो जिवनमा आएको यो परिबर्तनको कारकतत्व उहाँचुरियामाई मध्यवर्ति सामुदायिक वन उपभोक्ता समुहलाई मान्नुहुन्छ । समुहमा अरुसंग बसेर छलफल गर्ने योजना बनाउने र लागु गर्न पहल गर्ने काममा ब्यस्त रहदा आफुमा पत्तै नपाई धेरै परिबर्तन भैसकेको उहाँ सुनाउनुहुन्छ । उक्त समयमा आइपुग्दा अब आफ्नो छोरीमात्र छ भन्दा दुख लाग्नेभन्दा पनि गर्ब लाग्ने गरेको बिश्वकर्मा सुनाउनुहुन्छ ।
अहिले उहाँ दलित महिला वडा सदस्य हुनुहुन्छ भने आफुजस्तै अन्य महिलामा परिबर्तन ल्याउनको लागि आफुले भोगेको र गरेको बथा सुनाउदै उर्जा पैदा गराउनु हुन्छ ।