युबा र महिलालाई उत्पादनसंग जोड्नेछु ः भारती पाठक

चिनारी संवाददाता
२०७९ मंसिर १, बिहीबार २३:००

नेपाल कम्युनिष्ट पार्टी एमालेकी केन्द्रिय सदस्य एबम् वागमती प्रदेशसभा सदस्यको लागि नेकपा एमालेको तर्फबाट निर्वाचन आयोगको बन्दसुचिमा नाम परेको उम्मेदवार भारती पाठकले आफ्नो अबको यात्रा युवा र महिलालाई उद्पादनसंग जोड्ने रहेको बताउनुभएको छ । उम्मेदवार पाठकले आफु प्रदेशसभा सदस्य भएपछी संसदमा नीति निर्माण गर्दा प्रकृती र मानब संसाधनलाई मिल्दो वातावरण सृजना गर्दै उत्पादनसंग जोड्ने बताउनुभएको हो ।
लामो समय सामुदायिक वनको नेतृत्व तहमा बसेर काम गर्नुभएकी पाठकले आफुले सामुदायिक वन उपभोक्ता महासंघमा बसेर काम गर्ने क्रममा वनसंग आधारित उत्पादनको क्षेत्रमा उल्लेख्य भुमिका खेलेको बताउदै यो सिकाई अब प्रदेशसभामा पनि लागु गर्न आफ्नो दलबाट जितेर जानेहरुको साथै सबै सांसदहरुसंग सहकार्य गर्ने बताउनुभयो । उहाँले स्थानिय श्रोत र साधनसंग जोडेर गरिने उद्यम विकासले स्वरोजगार निर्माण गर्नुको साथै गरिबी निवारणमा भुमिका खेल्ने हुनाले स्थानिय श्रोत र साधनको सहि सदुपयोग हुने नीति बनाउन जोड दिने बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगारलाई गुणस्त र सर्बसुलभ बनाउनुको साथै युवा पलायन रोक्ने किसिमको नीति बनाउन आफ्नो पहल रहने उहाँको भनाई छ । यसको साथै प्रेस स्वतन्त्रता, सुचनाको हक लागु गर्न समेत पहल गर्ने उहाँले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*