सडक सुधार र पार्किङ व्यवस्थापन गर्न नेविसंघको माग
मकवानपुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौंडा उपमहानगपालिका वडा नम्बर २, मानसचोक देखि मनकामना चोकसम्मको सडक स्तरीकण तथा सवारी पार्किङको व्यवस्थापन गर्न माग गरेको छ ।
शुक्रबार हेटौंडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले तीन दिनभित्र सडकको अवसस्था सुधार सहित पार्किकङको व्यवस्था गर्न माग गरेको हो । नेविसंघ मकवानपुर बहुमुखी क्याप्पस ईकाई समितिका संयोजक सन्तोष चौलागाईको नेतृत्वमा पुगेको विद्यार्थी टोलीले उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ समक्षा यथासक्य सडक स्तरिकण र पार्किङ व्यवस्थापन हुनुपर्ने माग गरेको हो ।
नेविसंघले मानस चोकदेखि मनकामना चोकसम्मको सडक अन्तर्गत उपमहानगरको बागमति प्रदेशका मुख्यामन्त्रीको कार्यलय, विभिन्न मन्त्राय, नगरपालिका, विद्यालय र क्याम्पस पर्ने भएकाले र उक्त सडकको अवस्था नाजुक हुनु दुर्भाग्य भएको बताएको छ ।
सडक र पार्किङको दुरावस्थाका कारण विभिन्न समयमा दुर्घटना समेत हुने गरेको उल्लेख गर्दै नेविसंघले तत्काल सडक सुधार र पार्किङको व्यवस्था गर्न नेविसंघले उपमहानगरको ध्यानाकर्ष गराएको छ । ज्ञापनपत्र बुझ्दै उपमहानगरपालिकाका उपमेयर बानियाँले नेविसंघले उठाएको मागको सम्बोधनका लागी पहल थाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।