सेयर बजार १७ अंकले ओरालो
सेयर बजार साताको कारोबारको अन्तिम दिन शुक्रबार १६.९३ अंकले ओरालो लागेको छ । शुक्रबार २ घण्टामात्र खुलेको सेयर बजार खुलेको थियो । यो समयमा ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२.६२ अंकमा झरेको हो ।
शुक्रबार २१३ कम्पनीका ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपियाँ बराबरको कारोबार भएको हो । समग्रमा बजार घटेपनि आज जीवन बीमा समूह भने ३४.११ अंकले बढेको छ । बाँकी समूह राताम्मे भए । निर्जीवन बिमा समूह सबैभन्दा बढी ५६.७९ अंकले घटेको हो ।
नेप्सेका अनुसार आज एनलाईसी नेपालको सेयर मूल्य सबैभन्दा बढी ५.९५ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ४.८८ प्रतिशतले नाफा कमाएका छन् । हिमाल दोलखा हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ६८ लाख ६१ हजार ५ सय ४६.३० रुपियाँ बराबरको कारोबार भएको हो ।