कोरोना कालमै चीनको निर्यातमा व्यापारमा चमत्कार, एक खर्ब ३ अर्ब ३० करोड डलर नाफामा

चिनारी संवाददाता
२०७७ फाल्गुन २३, आईतवार २०:१४

बेइजिङ । कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जनाएको छ । साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि वृद्धि भएको छ ।

इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि भएको छ । गत वर्षको तुलनामा जनवरी–फेब्रुअरीको अवधिमा निर्यातमा ६०.६ प्रतिशतले वृद्धि भएको छ भने आयात २२.२ प्रतिशतले बढेको छ ।

प्राप्त विवरण अनुसार, गत वर्ष निर्यातमा १७ प्रतिशत र आयातमा ४ प्रतिशत न्यून भएको थियो ।

चिनियाँ भन्सार प्रशासनका अनुसार इलेक्ट्रोनिक्स सामानको निर्यात ५४।१ प्रतिशत तथा टेक्स्टाइलको निर्यात ५०.२ प्रतिशतले बढेको छ ।

चीनको समग्र ब्यापार बचत एक खर्ब ३ अर्ब ३० करोड डलर रहेको भन्सार प्रशासनको भनाई छ । अमेरिकासँगको ब्यापार बचत पनि गत वर्षको तुलनामा दोब्बर अर्थात् ५१ अर्ब ३० करोड डलर पुगेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published.


*