बागमतीमा ४ मन्त्रीले लिए शपथ, प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त
बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् । शनिवार एक समारोहका बिच मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीले शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसका ४ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख शर्माले कांग्रेसका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र विमल ठकुरीले शपथ ग्रहण गरेका हुन् । उनीहरूको शपथ पछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ ।
लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनले युवा तथा खेलकुद मन्त्रालय, खड्गीले सामाजिक विकास मन्त्रालय र ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।