बहादुर सिंह लामाद्वारा बागमतीको मुख्यमन्त्रीमा दाबी पेस

कुमार बन्जारा
२०८१ श्रावण ८, मंगलवार १३:२३

बागमती प्रदेश प्रमुख कार्यालयको सभाहलमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री को दावीको लागी नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदिय दलको नेता बहादुर सिंह लामाले दावी पेस गरेका छन् । मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

नेकपा एमाले बागमती प्रदेश संसदिय दलको नेता जगन्नाथ थपलिया , नेपाली काङ्ग्रेस बागमती प्रदेश उपनेता रामकृष्ण चित्रकार , नेकपा एमाले बागमती प्रदेश सभासद एकलाल श्रेष्ठ , नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य इन्द्र बहादुर बानियाँ , बागमती प्रदेशको अन्य सभासदहरु , पत्रकारहरु लगायत करिव ४०-४५ जनाको उपस्थिति रहेकोमा नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदिय दलको नेता बहादुर सिंह लामा ले नेपाली काङ्ग्रेसको ३७ र नेकपा एमालेको २७ गरि जम्मा ६४ जनाको हस्ताक्षर सहित प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष बागमती प्रदेश मुख्यमन्त्रीको लागी दावी पेस गरिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*