बागमती प्रदेश समाजिक बिकास मन्त्री कुमारी मोक्तान द्वारा प्रगति विवरण सार्वजनिक

कुमार बन्जारा
२०८१ श्रावण ७, सोमबार १५:५४

साउन /०७ बागमती प्रदेश समाजिक बिकास मन्त्री कुमारी मोक्तान द्वारा प्रगति विवरण सार्वजनिक गरेकि छिन ।

सोमबार समाजिक बिकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश समाजिक बिकास मन्त्री कुमारी मोक्तानले २०७९-१०-११ देखी २०८१-०४-०६ गतेसम्मको अबधिमा मन्त्रालयबाट सम्पादन भएको कार्यहरु को सार्वजनिक गरेको हो ।

मन्त्री मोक्तानले बोल्दै समाजिक बिकास मन्त्रालयमा रहि करिब ३२-३३ महिना जिम्मेवारी सम्हालेको ताइन । उक्त अवधीमा बागमती प्रदेशको बिकासको लागी आफ्नो कार्य क्षेत्र अन्तर्गत पर्ने विविध कार्यहरु संचालन गरेको । जसमा मन्त्रालयले प्रदेशको एकल अधिकार भित्र पर्ने प्रदेश विश्वविद्यालय स्थापनाको लागी कार्य प्रारम्भ गरेको बताइन ।

त्यसैगरी शिक्षा निति २०८० स्वीकृति, उच्च शिक्षा प्रतिवेदन २०७७ सार्वजनिकीकरण , उच्च शिक्षाको बिज्ञ समुह कार्यदल गठन लगायत कामहरु गरी शिक्षा क्षेत्रको बिकासको कार्य अगाडि बढाएको । बागमती प्रदेश युवा सम्मेलन २०८० र २०८१ को आयोजना , बागमती प्रदेशको १३ वटै जिल्लामा मानव बेचबिखन , महिला हिंसा , लागु पदार्थ दुर्ब्यसन सम्बन्धि सचेतना कार्यक्रम संचालन गरिएको बताइन ।

मन्त्री मोक्तानले खेलकुद क्षेत्रमा खेलकुद निति २०८० को मस्यौदा तर्जुमा , अन्तर प्रदेश खेलकुद प्रतियोगिता सम्बन्धि कार्यबिधी २०८० , मकवानपुरमा गौरिटार रंगशाला क्रीकेट मैदान र स्विमिङ पुल निर्माण कार्य सुरु गरिएको , गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला भरतपुर महानगरपालिका सङ्गको साझेदारीमा निर्माण कार्य सुरु गरिएको । चेपाङ समुदायको उत्थानको लागी चिउरी र चमेरो संरक्षण कार्यक्रम , बिपन्न दलित सशक्तीकरण कार्यक्रम , युवाहरुको लागी सीप मुलक तालिम संचालनको लागी सुरुवात , बिद्यालय बस खरिद अनुदान लगायत को कामहरु गरि बागमती प्रदेश को बिकासलाई अगाडी बढाएको बताएकि छिन ।

यसमा तपाइको मत

Your email address will not be published.


*