बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री एका लाल श्रेष्ठको सल्लाहकारमा तुलसी प्रसाद नियुक्त नियुक्त

चिनारी संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १३:०७

बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री एका लाल श्रेष्ठले तुलसी प्रसाद रिजाललाई विज्ञ सल्लाहकारमा नियुक्त गर्नुभएको छ।

हेटौंडा ४ निवासी रिजाललाई विज्ञ सल्लाहकारमा मन्त्री श्रेष्ठले नियुक्त गर्दै बुधबार पदस्थापन गर्नुभएको हो ।
मन्त्रालयले उहाँलाई बौद्धिक सम्पत्तिको रुपमा प्रयोग गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो। मन्त्रालयले उहाँको बौद्धिकतालाई उच्चतम प्रयोग गर्दै प्रदेशको खानेपानी, उर्जा र सिँचाई नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो ।

पदस्थापनपछि सल्लाहकार रिजालले आफ्नो भुमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताउनुभयो ।
विज्ञ सल्लाहकारले जनता र मन्त्रालयको अपेक्षा बमोजिम योजना बनाउने र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने बताउनुभएको छ। उहाँले इमान्दारीपूर्वक प्रदेश सरकारको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका रिजालले यसअघि भूमि सम्बन्धि समस्या समाधान आयोगको विज्ञ सदस्यको रुपमा काम गरिसक्नुभएको छ । यसैगरी तत्कालिन कृषि विकास मन्त्रालयको सामाजिक समावेशी विज्ञको रुपमा मेचि अञ्चलको प्रमुख भई काम गरिसक्नुभएको छ । वरीष्ठ समाजशास्त्रीको रुपमा लामो समयदेखि क्रियाशील रहनुभएका रिजाल शान्ती तथा पुनस्थापन विज्ञको रुपमा पनि काम गरेको अनुभव रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*