राष्ट्रीय युवा संघ भीमफेदीको पहिलो बैठक सम्पन्न
२२ बैशाख/हेटौंडा ।
राष्ट्रीय युवा संघ नेपाल भीमफेदी गाऊँपालिका कमिटीको प्रथम बैठक शनिबार सम्पन्न भएको छ । राष्ट्रीय युवा संघ भिमफ़ेदीका अध्यक्ष बादल सिलवालको अध्यक्षता र राष्ट्रीय युवा संघका केन्द्रिय सदस्य प्रकाश लामाको प्रमुख आतिथ्यता र राष्ट्रीय युवा संघ मकवानपुरका संयोजक राजेश नगरकोटीको विशिष्ट आतिथ्यता रहेको थियो ।
बैठकले ४ वटा विभाग गठन गरी बिभागीय जिम्मेवारी समेत तोकेको छ । बैठकले बादल सिलवाललाई आर्थिक विभाग, प्रचारप्रसार बिभाग प्रमुखमा सन्तोष घागा मगर, खेलकूद विभाग प्रमुखमा रामहरी ठकुरी र संगठन बिभाग प्रमुखमा सुदिप चिमरियालाई जिम्मेवारी दिएको हो ।
यस्तै बैठकले कमिटीलाई चुस्त र चलायमान बनाउन१५ सदस्यीय सचिवालय गठन गरेको छ । यसैगरी भीमफेदीको ९ वटै वडाहरुमा आगामी जेठ मसान्तभित्र कमिटीहरू गठन गर्ने, स्थापना दिवसको अवसरमा रक्तदान तथा अन्य सामाजिक काम गर्ने र आगामी जेठ २६ गते प्रशिक्षण कार्यक्रम गर्ने बैठकले निर्णय गरेको संगठन विभाग प्रमुख सुदिप चिमोरियाले बताउनुभयो ।
युवा संघ मकवानपुरका संयोजक नगरकोटीले अहिलेका युवाहरूमा राजनीतिक विचलन देखीयकोले मकवानपुरका प्रत्यक वड़ाहरुमा राजनीतिक रूपमा प्रशिक्षित युवाहरू उत्पादन गर्ने युवा संघले लक्ष्य लिएको बताउनुभयो । यसैगरी पार्टी नेकपा एमालेको मिसन ८४ अभियानलाई सफल बनाउन जनताको दुखसुखमा युवा संघ जोडिएर पार्टी अभियानलाई अघि बढाउन समेत निर्देशन दिनुभयो । बैठकमा नेकपा एमाले भिमफेदी गाउपालिका अध्यक्ष सानु थापा युवा संघ जिल्ला कमिटी सदस्य अनिल अधिकारी लगाएतको उपस्थिति थियो ।