हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ द्वारा कक्षा–८ को आधारभुत तहको परीक्षामा ४ जीएप ल्याउन सफल विद्यार्थी सम्मानित

चिनारी संवाददाता
२०८१ बैशाख १४, शुक्रबार २३:०३

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले कक्षा–८ को आधारभुत तहको परीक्षामा ४ जीएप ल्याउन सफल भएको विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले ९ जना विद्यार्थीहरुलाई विद्यार्थीहरुलाई सम्मान गरेको हो । शुक्रबार शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा भएको विद्यार्थी, शिक्षक र अभिभावक सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाभित्रको सामुदायिक र संस्थागत विद्यालयमा ४ः०० जीपीए ल्याउन सफल भएका विद्यार्थीहरुलाई नगद ५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको हो ।

भुटनदेवी माध्यमिक विद्यालयबाट अमन कुमार साह बानिया र शुभम प्रसाद जैसवाललाई सम्मान गरिएको छ । सम्मान हुनेमा नवोदय शिशु सदनबाट लिजा विष्ट र प्रजन्य कुशवाहलाई रहेका छन् । ब्रह्मदिक एकेडेमीबाट प्रियान्सु पोखरेल, कृष्मा लौंडारी, आभाष घिमिरे श्रीरा घोष र सुवोध कुमार आर्चाय रहेका छन् । विषगत रुपमा उत्कृष्ट अंक ल्याउन सफल भएका विद्यार्थी र शिक्षकहरुलाई सम्मान गरिएको छ ।

आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयबाट उत्कृष्ट अंक प्राप्त गरेकामा आधुनिक माध्यमिक विद्यालयका नेपालीका शिक्षक विना विडारी, ब्रह्मदिक एकेडेमी अङ्ग्रेजी विषयको शिक्षक मिना घले, भुटनदेवी शिक्षक मुकेश कुमार मिश्रा, सुस्मया लामालाई सम्मान गरिएको छ भने आधुनिक माविबाट नेपाली विषयमा ९८ अंक ल्याउन सफल हुने ममता कुमारी, नवोदयबाट लिजा विष्ट, ब्रहमदिकबाट दिव्यान्स साहि, कृष्मा लौंडारीलाई सम्मान गरिएको छ । यस्तै सामाजिक विषयमा ९८ अंक ल्याउन सफल भएका विद्यार्थी ब्रहमदिकका आभाष घिमिरेलाई सम्मान गरिएको छ ।

शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको सभाध्यक्षमा तथा नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामाले कुनै पनि राजनितिकदलबाट निर्वाचित भएका व्यक्तिहरुले जनताहरुको पक्षबाट काम गर्नुपर्ने बताउनुभएको छ । ४ नम्बर वडाले जोडेर काम गर्नुपर्ने नगर प्रमुख लामाले बताउनुभयो । सबै शिक्षकहरुसँग जोडेर ४ नम्बर वडालाई नमुना वडाको रुपमा चिनाउन काममा सबै लाग्नुपर्ने उहाँको भनाई छ । सरकारले कानुनी ढंगबाट काम गरेतापनि पछिल्लो समयमा हेटौंडामा लागु औषधको र्दुव्यसनी बढीहरेको बताउनुभयो । लागु औषध सेवन जस्ता अपराध जन्य कामलाई न्युनीकरण गर्ने काममा सबै मानिसहरु लाग्नुपर्ने उहाँको भनाई थियो ।

४ नम्बर वडा सदस्य जेन श्रेष्ठले ३ वर्षदेखि शैक्षिक अभियानमा लागिरहेको बताउनुभएको छ । पछिल्लो समयमा निजी विद्यायलहरुमा विद्यार्थीहरुको आर्कष्ण कम देखिएकोले शिक्षकहरुलाई तलब दिन मुस्किल परेको उहाँले बताउनुभयो । श्रोत र भौतिक साधन उपल्बध गराएर समाजसँग जोडिने काम ४ नम्बर वडाले गरेको उहाँले दावी गर्नुभएको छ । शिक्षक सँग सरोकार गर्ने काम ४ नम्बर वडाले गरेको उहाँले बताउनुभयो । सबै मानिसहरुले विकास भन्ने वित्तिकै निर्माणको काममहरुलाई बुझने गरेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा ४ का अध्यक्ष नवीन शिग्देल, वडा–१० का अध्यक्ष फुर्वा दोर्जे लामा , हेटौंडा–११ का अध्यक्ष जुना दहाल, १४ का अध्यक्ष दीपक खड्का, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य इश्वरी रसाइली, शिक्षा विकासा शाख अधिकृत हरिचन्द्र सापकोटा, आधुनिक मावी विद्यालय समितिका अध्यक्ष समीम खान, बाल ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रवीन्द्र पोखरेल, हेटौंडा क्याम्स प्रमुख देवीराम लाम, स्वतन्त्र विद्यार्थी युनियन स्वयवियुका अध्यक्ष अभि मैनाली लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*