राप्रपा नेपाल मकवानपुरद्वारा जिल्ला कमिटिमा चार जना मनोनित
हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरले रिक्त रहेको पदमा चार जनालाई मनोनित गरेको छ । आइतबार बसको पार्टी जिल्ला कार्यसमितिको बैठकले चारलाई रिक्त पदमा मनोनित गरेको पार्टीका सचिव भृगु कार्कीले जानकारी दिनुभयो ।
राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाले रिक्त रहेको प्रवक्ता पदमा प्रहलाद बानियाँ, इन्दिारा पाठकलाई सहकोषाध्यक्षमा र दुई जना सदस्यमा गीता सापकोटा र भगवान बर्ताैलालाई मनोनित गर्नुभएको हो । यसअघि नै ४० सदस्यीय जिल्लास्तरीय पार्टी समिति गठन भएपनि उक्त पदहरु रिक्त रहेको थियो । मनोनित हुनेहरुको पद आगामी महाधिवेशनसम्म रहनेछ । राप्रपा नेपालले आगामी फाल्गुन महिनामा अधिवेशन गर्ने गरी तयारी थालेको छ ।
आइतबार बसेको बैठकले मकवानपुरका सबै स्थानीय तह र वडातहमा समिति गठन गर्न आवश्यक तयारी थाल्ने निर्णय गरेको सचिव कार्कीले बताउनुभयो । यस्तै पार्टीका पुराना सदस्यहरुलाई फेरी पार्टीमा जोड््ने गरी तयारी थाल्ने उहाँले बताउनुभयो ।