प्रदेशले पास गर्न लागेको भाषा विद्येयक संघीयता कार्यन्वयनको महत्वपुर्ण पक्ष हो: मुख्यमन्त्री जकट्टेल
हेटौंडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संघीयताको कार्यन्वयन गर्दै प्रदेशले भाषा विद्येयक पास गर्न लागेको बताउनुभएको छ । आइतबार मुख्यमन्त्री कार्यालयमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रदेशले गर्न पास गर्न लागेको भाषा विद्येयक संघीयता कार्यन्वयनको महत्वपुर्ण पक्ष भएको उहाँको भनाई छ । मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकार अहिले भाषा विद्येयक पास गर्ने अन्तिम चरणमा पुगेको बताउनुभयो । आगामी बैशाख २४ गतेबाट प्रदेशमा भाषा विद्येयक पास गरी कार्यन्वयन गर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री पुुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा बागमती प्रदेशमा तामाङ भाषा र नेपाल भाषा कार्यन्वयन घोषणा गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
नेवारहरुको सम्पदा, कला, संस्कृती र सभ्यतालाई संरक्षण गर्न संरक्षण कोष बनाउनुपर्ने, नेवाः सम्पदामैत्री नयााँ वस्तीको विकास र योजना बनाउनुपर्ने, विश्व सम्पदामा सुचिकृत पुराना नेवाः वस्तीको पहिचानलाई जोगाइराख्नुपर्ने र नेवाः सभ्यताको अनुसन्धानका लागि प्रदेश सरकार माताहत नेवाः प्रतिष्ठान गठन गर्नुपर्ने लगायतका माग उल्लेख छ ।
सोही अवसरमा कीर्ति रिसर्च सेन्टर काठमाडौंले बागमती प्रदेश सरकारका संस्कृती, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्रचार्यलाई कीर्तिपुर महानगरपालिकाभित्र रहेको अभिलेखहरुको संकलन, अध्ययन र भाषान्तरण गरी प्रशासनका लागि आवश्यक बजेट विनियोजन गर्न माग गर्दै पत्र बुझाएको छ ।