प्रेस सेन्टर मकवानपुरद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान प्रदान

कुमार बन्जारा
२०८१ बैशाख १, शनिबार १०:४९

०१ बैशाख, हेटौडा । नेपाल प्रेस सेन्टर मकवानपुरले शुभकामना आदान प्रदान तथा कार्र्यलयको उद्धाटन कार्यक्रम गरेको छ । शनिबार नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदान प्रदान तथा कार्यालय उद्धाटन कार्यक्रमको आयोजना गरेको हो । प्रेस सेन्टर मकवापुरकी अध्यक्ष अञ्जली थापाको सभाध्यक्षमा तथा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भवन उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रमलार्ई सम्बोधन गर्र्नुहुँदै सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सहभागी सम्पुर्णमा सञ्चारकर्मीहरमा नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो । सबैले आफुमा र आफ्नो काममा विश्वास गर्न आवश्यक रहेको बताउनुभयो । सञ्चारकर्मीहरुले सञ्चारको माध्यमबाट आफुलाई थाहा भएको कुराहरुलाई समाचारको माध्यमले सम्प्रेष्ण गर्नुपर्ने बताउनुभयो । सञ्चार क्षेत्रमा मात्र नभर्ई व्यापार व्यावसायी अन्यक्षेत्रमा पनि समस्या आउने गरेको बताउनुहुँदै समस्यालार्ई समाधान गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

नीतिगत कुराहरुमा लेख्न प्रकृति टाढा रहेको बताउनुहुँदै सरकारसँगको विदयेकमा कानुन नबाउनदा कठिन भएको उहाँको भनार्ई छ । २०८१ सालमा सबै संचारकर्मीहरुले गरेको कामहरु सफलता पुर्वक सफल हुने अपेक्षा गर्नुभयो । गणतन्त्रको स्थापना गर्नका लागि जन्ताहरुले ठुलो भुमिका निर्वाह गरेको बताउनुभयो । पत्रकारिता क्षेत्रलाई बचाउने कार्यमा सबै सञ्चारकर्मीहरु लाग्नुपर्ने बताउनुभयो ।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले सबै सञ्चारकर्मीहरुले आफ्नो क्षेत्रलाई इमान्दारीसाथ प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । अबको वर्षबाट सबैलार्ई आत्मा निर्भरका साथ काम गर्दै प्रगती गर्न अनुरोध गर्नुभयो ।

प्रेस सेन्टरकी अध्यक्ष थापाले संगठनको आधारमा कुनै पनि सञ्चारकर्मीहरुलार्ई विभेद नगरेको बताउनुहुँदै नयाँ वर्र्षको शुभकामना व्यक्त गर्र्नुभयो । कार्र्यक्रमममा जिल्ला समन्वय समितीका सभापति ललित घलान, पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृृष्णा सारु मगर, पत्रकार महासंघका केन्द्रिय सदस्य सुनिल खड्का र पत्रकार महासंघ मकवानपुरक अध्यक्ष मणिराज गौतमको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*