मन्त्री श्रेष्ठद्वारा हेटौंडाको जामे मस्जिदमा ईदको शुभकामना प्रदान
२९ चैत/हेटौंडा । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले इस्लाम समुदायमा मनाइँदै गरिएको ईद-उल फित्र पर्वका अवसरमा हेटौंडाको जामे मस्जिद पुगेर इस्लाम समुदायलाई शुभकामना दिनुभएको छ ।
मन्त्री श्रेष्ठले इस्लाम धर्मका अनुयायीहरुमा सुख, शान्ति एवम् सुवास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको आयोजनामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले हाम्रो देश बहुजातीय, बहुभाषिक र बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त रहेको भन्दै भौगोलिक विविधता अनुसार कला, संस्कृति र परम्पराहरु पनि बहुआयामिक भएको बताउनुभयो । नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम रहेकोले हाम्रो समाज उत्कृष्ट भएको समेत बताउनुभयो ।