हेटौंडाको नवलपुरमा सवारी दुर्घटनापरि सुनारको मृत्यु

चिनारी संवाददाता
२०८० चैत्र १८, आईतवार २०:४८

१८ चैत/ मकवानपुर । हेटौडा उ.म.न.पा.११ नवलपुर स्थित चन्द्र शुर्य पेट्रोल पम्प नजिक पुर्व पश्चिम सडक खण्डमा सवारी दुर्घटना परि एक जनाको मृत्यु भएको छ ।

शनिबार प्रदेश १-०२-०१ ज ४३०० नं.को टाटा सुमोले पैदल यात्री जि.मकवानपुर हेटौडा उ.म.न.पा. ११ शान्ती चोक बस्ने बर्ष अं.३५ को ज्ञाने सुनारलाई ठक्करदिइ फरार भएको थियो । घाईतेलाइ उपचारको लागी हेटौडा अस्पताल पठाएकोमा उपचारको क्रममा राती साडे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सुमोले पैदल यात्रीलाई ठक्कर दिएर फरार भएको थियो । राजमार्गमा जडान भएको CC CAMERA हेर्दा उक्त दुर्घटनामा संलग्न प्रदेश १-०२-०१ ज ४३०० नं.को टाटा सुमो देखिएकोले इ.प्र.का.इटहरी सुनसरीसंग समन्वय गरि उक्त टाटासुमो र चालक जिल्ला मोरङ ग्रामथाङ न.पा. ७ बस्ने होमनाथ सापकोटा को छोरा बर्ष अ.३६ को चेतनाथ सापकोटालाई चैत १८ गते इ.प्र.का. इटहरी सुनसरीले नियन्त्रणमा लिई तत्काल सोही कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*