राप्रपा हेटौंडा ७ नं. वडा इकाइ कमिटीको अध्यक्षमा पुनः रामु सिल्वाल
१७ चैत/हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा उपमहानगरपालिका ७ नं. वडा इकाइ कमिटीको अध्यक्षमा पुनः रामु सिल्वाल चयन भएका छन ।
शनिबार हेटौंडा उपमहानगरपालिका ७ नागस्वती स्थित स्थित बनदेवी मन्दिरको सभाहलमा राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा ७ नं. वडा इकाइ कमिटीको आयोजनामा भएको वडा भेला तथा इकाई कमिटी गठन कार्यक्रमले सर्वसम्मत रुपमा इकाइ कमिटी अध्यक्षमा रामु सिल्वाल चयन भएको छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा ७ नं. वडा इकाइ कमिटी अध्यक्ष रामु सिल्वलाको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सदस्य रामहरि न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला उपाध्यक्ष सागर थापा, युवा संगठन केन्द्रिय सदस्य अनिल अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संगठन मकवानपुर जिल्ला अध्यक्ष बालकुमारी डाल्लाकोटि लगायतको उपस्थिति रहेको थियोे ।
भेलाले रामु सिल्वालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष बिनोद कुमार थापा, उपाध्यक्ष सर्मिला गौतम, उपाध्यक्ष प्रकाश देवकोटा, सचिव राधेश्याम बस्नेत, सह सचिव सुजित पोख्रेल, कोषाध्यक्ष रामकुमार लो, सदस्यहरु मुरारी पौडेल, बिनोद प्रसाद ढकाल, दिनेश थापामगर, मसिना बिश्वकर्मा, रमेश कार्की,ध्रुव थापा, नवीन पौडेल,सम्झना बस्नेत, लक्ष्मी थापा, सन्तोष अधिकारी, पवन चौलागाईं , सुरेन्द्र थापा, राजन अधिकारी, दिपेश थापामगर रहेका छन ।