नेपालको राजनीतिमा २००७ साल देखी अहिले सम्म बामपंथीहरु को हालिमुहाली रहेको छ:- राप्रपा नेपाल अध्यक्ष थपा
१६ चैत/ हेटौंडा । मकवानपुर जिल्लाको हेटौंडामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल केन्द्रिय अध्यक्ष कमल थापाले बोल्दै नेपालको राजनीतिमा २००७ साल देखी अहिले सम्म बामपंथीहरु को हालिमुहाली रहेको बताए ।
थापाले “हामी अहिले एउटा सिद्धान्त निष्ठ पार्टीको निर्माण चरणमा छौ । नेपालको राजनीतिमा २००७ साल देखी अहिले सम्म बामपंथीहरु को हालिमुहाली रहेको छ । नेपालमा बहुसंख्यक जनता धर्म संस्कृती परम्परामा बिश्वास गर्ने जनता छन् । तर धर्म लाई स्वीकार नगर्ने साम्यबादी तथा समाजवादी पार्टीहरु ले सत्ता संचालन गर्दै आएको छन् त्यसको विरुद्धमा राप्रपा नेपाल को निर्माण भएको छ” बताए ।
त्यस्तै “हामी सहि ट्र्याकमा नै भएको कारण बि.स. २०६३ सालमा स्थापित राप्रपा नेपाल बि.स. २०७० को चुनाव सम्म आउदा चौथो ठुलो शक्तीको रुपमा स्थापित हुन सफल भयो । हामीले नेपालको संविधानमा कायम गराएको केहि अधिकारको कारण नै राजा आउ देश बचाउ, हिन्दुराज्य कायम गरौं भन्ने अधिकारको सुनिश्चितता भएको हो बताए ।
थापाले “हामीले फेरि शुन्य बाट सुरु गर्नुपर्ने छ जतिसुकै कठिन भएपनि हामी यसलाई स्विकार्दै अघि बढ्नु छ । अहिले देशको ७५३ वटै स्थानीय तहमा राप्रपा नेपाल कृयाशिल हुदै अघि बढेको छ र राप्रपा नेपाल एक वैकल्पिक शक्तिको रुपमा देखा परिसकेको छ । हामी सबैको मेहनतले राप्रपा नेपाल पुनः एकपटक देशको अग्रणी शक्तिको रुपमा देखापर्ने छ । हाम्रो छिमेकी देशमा रहेको भारतीय जनता पार्टी आफ्नो धर्म संस्कृती तथा परम्पराको रक्षागर्न स्थापित भएकोमा छोटो समयमा आज भारत जस्तो देशको शक्तिशाली र प्रमुख पार्टी बनेको छ । तसर्थ हामी पनि एकदिन अवश्य सफल हुन्छौ बताए ।