शैलेन्द्रमान वज्राचार्य बागमतीमा सरकारमा सहभागी भएपछि हानेपामा विवाद
हेटौंडा । हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको शपथ लिए पछि हाम्रो नेपाली पार्टीमा विवाद भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै हाम्रो नेपाली पार्टी केन्द्रीय अध्यक्ष ई.अन्तराज घिमिरेले चैत १५ गतेको ११ वजेदेखि नेता शैलेन्द्रमान वज्राचार्य सम्पर्कमा बिहिन भएको भन्दै अपहरण गरेर मन्त्री भकोलाइ पार्टीको समर्थन नहुने बताए ।
अध्यक्ष घिमिरेले वागमति प्रदेशमा नेपालि पार्टी संसदिय दलका नेता शैलेन्द्रमान वज्राचार्यले संस्कृति पर्ययटन तथा सहकारी मन्त्रिकाे पार्टीकाे अनुमति र समर्थन विना मन्त्रिकाे सपथ ग्रहण भएको विषयमा अापतकालिन सचिवालयकाे वैठक बसेकाे र सचिवालयकाे निर्णय अनुसार नेता शैलेन्द्रमान वज्राचार्यलाई पार्टीको समर्थन नहुने बताए ।
अध्यक्ष घिमिरेले सत्ता पक्षलाई सम्बोधन गर्दै “प्रधानमन्त्रि र केपि वलिले अाफ्नाे कार्यकर्तालाइ के सिकाउनु भएकाे छ, अपहरण गरेर मन्त्रि वनाउने याे कुन किसिमकाे संस्कृत हाे, जिवनभर वितण्डा गर्छु भन्दै हिड्नुहुन्छ प्रधानमन्त्री के यहि हाे वितण्डा ? भन्दै वागमति प्रदेश सरकारलाइ समर्थन दिएका छैनाै, पार्टीले थप निर्णय र कानुनि परामर्श गर्ने छाै, पार्टी भन्दा माननीय ठुलाे हुन सक्दैन, माननीय ज्युले लाेभलालचमा पार्टी विपरित सपथ खानु भाको हाे” बताए ।
पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक फोहरी खेल हो भन्ने भावनालाई परिवर्तन गर्ने मूल ध्येय सहित स्थानीय निर्वाचनमा देशको स्वतन्त्र युवाहरूको नेतृत्व गर्दै काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित बालेन शाह लगायत स्वतन्त्र जनप्रतिनिधिहरूको पदचापलाई पछ्याउँदै गठन भएको हाम्रो नेपाली पार्टी सदैव राजनैतिक इमान्दारीता, राष्ट्रियता र समुन्नत नेपालको संबाहक बन्ने कुरामा विश्वास गर्दछ । हाम्रो नेपाली पार्टीको मुख्य उद्देश्य सुसंस्कृत राजनैतिक प्रणाली सहितको भ्रष्टाचार निर्मूल र सामाजिक सुरक्षा सहितको समाज नै हो बताए ।