“सफा १० नं. वडा अभियान” सफल पार्न १० नं. वडा अध्यक्षको आग्रह
१५ चैत/ मकवानपुर । हेटौंडा १० बसपार्क स्थित १० नं. वडा कार्यालयको हलमा पत्रकार सम्मेलनको आयोजनागर्दै वडा अध्यक्ष फुर्वा लामाले “सफा १० नं. वडा अभियान” सफल पार्न आग्रह गर्नु भएको छ ।
अध्यक्ष लामाले अभियान अन्तर्गत आफ्नो घर आगन, सडक र खुल्ला स्थानलाई सफा राख्न टोल बिकास संस्था, क्लब, आमा समुह लगायतका संघ संस्थाहरुको संयोजनमा नियमित सरसफाइ अभियान संचालन गर्ने बताए ।
त्यस्तै फोहोर अनिवार्य रूपमा घरभित्रैबाट कुहिने र नकुहिने छुट्टाएर मात्र फोहोर संकलन गर्ने सवारीसाधनमा राख्न पर्ने अन्यथा प्रत्येक पटक ५०० जरिवाना गर्ने, प्लाष्टिकको प्रयोगलाई निरुत्साहन गर्ने, पानपराग गुट्खा भोला बिस्कुट आदि बाट निस्कने प्लाष्टिकलाई अनिवार्य डस्टबिन कन्टेनरमा फाल्नु पर्ने बताए ।
सार्वजनिक सडक तथा पेटीमा निर्माण समाग्री थुपार्ने सवारीसाधन तथा मेशिनरी औजार मर्मत सम्भार गर्ने कार्य पुर्णतः रोक लगाउने जस्तो कार्यहरु लाइ जोड दिइने बिषयमा वडावाशीहरु लाई जानकारी गराउने र यदि प्रचलित ऐनहरु विपरीत कार्य भएमा हेटौंडा उपमहानगरपालिकाले ५ सय देखी ५० हजार सम्म जरिवाना सकिने बताए ।
साथै वडा अध्यक्ष फुर्वा दोर्जे तामाङको संयोजकतोमा १४ सदस्यीय हेटौंडा उपमहानगरपालिका १० नं. वडा शैक्षिक सुधार समिति गठन भएको जस्मा सह संयोजकमा इन्द्र धिताल (पुर्व अध्यक्ष ज्ञानदा मा.वि.) रहेका छन ।
शैक्षिक सुधार समिति सह संयोजकमा इन्द्र धितालले वडाको कुल बजेटको ३० प्रतिशत रकम शिक्षा क्षेत्रमा छुट्याउने समितिले निर्णय गरेको बताए । त्यस्तै वडा भित्रका जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक लगायतका सम्पुर्ण अभिभावकहरुलाइ सरकारी विधालयमा आफ्ना छोराछोरी पढाउन प्रोत्साहन गर्ने बताए ।