शहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप २०८० प्रतियोगीता माघ १६ गतेबाट

सम्बादाता कुमार बन्जारा
२०८० माघ ५, शुक्रबार १८:४३

हेटौंडा । सहिद शहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप २०८० प्रतियोगीता माघ १६ देखी २७ सम्म हेटौंडाको गौरिटार रंगशालामा हुने भएको छ ।

शुक्रबार हेटौंडाको मन्त्र रेष्टुरेन्टमा जिल्ला फुटबल संघ मकवानपुरले पत्रकार सम्मेलन गरि छैठौ स्थानिय तह सहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप २०८० प्रतियोगीता माघ १६ देखी २७ सम्म हेटौंडाको गौरिटार रंगशालामा हुने भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलन जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टिकाराम लामा, जिल्ला खेलकुद बिकास समिति मकवानपुर अध्यक्ष भेष खड्गी लगायत जिल्ला खेलकुद संघ को पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।

गोल्डकप माघ १६ देखी २७ सम्म हेटौंडा उ म न पा ०६ गौरिटार रंगशालामा संचालन गरिने, जसमा प्रथम पुरस्कार १५ लाख, द्धितिय पुरस्कार १० लाख, सर्वोत्कृष्ट खेलाडीलाई बुलेट वाइक प्रदान गरिने भएको छ ।

साथै बिधागत उत्कृष्ट खेलाडीलाई २५ हजार प्रती खेलाडी प्रदान गरिने । त्यसैगरी उक्त गोल्डकप संचालनको खर्च सामाजिक बिकास मन्त्रालय बागमती प्रदेश,मकवानपुर जिल्लाको स्थानीय तहहरु ,टिकट शुल्क आदि बाट ब्यबस्थापन गरिने आयोजकले जानकारी दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*