बाढीका घाइते घिसिङको अबस्था बुझ्न सांसद पाठक अस्पतालमा
बागमती प्रदेश सांसद भारती पाठकले बागमती गाँउपालिका वडा नम्बर–५ सिक्रे दोभानमा पहिरोले घर बगाउदा घाइते हुनुभएका पासाङ घिसिङको अबस्था बुझ्दै थप उपचारको कमी हुन नदिन चिकित्सक एबम् स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ । आज शनिबार घाइते घिसिङको स्वास्थ्य अबस्थाको बारेमा बुझ्दै उपचारमा संलग्न चिकित्सक एबम् स्वस्थ्यकर्मीलाई यस्तो बताउनुभएको हो ।
बागमती गाउँपालिका सिक्रे दोभान स्थीत बाढीमा बगाएको घरमा पाहुना हुन आउनुभएका सिन्धुली हरिहरपुर–१ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङ घटनास्थलदेखि ६÷७ किलोमिटर तल बगेरीस्थित बागमती खोलामा मुढामा तैरिएको अवस्थामा उद्धार गरेर अस्पताल ल्याइएको थियो ।
घाइते घिसिङको परिवारलाई प्रत्यक्ष भेटेर सांसद पाठकले सान्त्वना दिंदै आबश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो“बिपद्मा एकअर्कालाई साथ दिएर अगाडी बढ्ने हो , भाईको उपचारमा कमी हुन दिइने छैन ।” उहाँले थप्नुभयो“ उद्धार प्रत्यक्ष खटिनुभएका प्रदेश सांसद प्रेमबहादुर पुलामी ज्युलाई पनि धेरै धेरै धन्यवाद थप उपचार हामी सबैले मिलेर गर्नेछौं ।” उहाँको उपचारमा संलग्न चिकित्सकलाई उहाँले थप उपचारको बिषयमा अपडेड गराइरहन पनि आग्रह गर्नुभयो ।
उपचाररत घिसिङको फोक्सोमा पानि जमेपछी आज अति सघन उपचार केन्द्रमा राखिएकोले स्वास्थ्य अबस्था र आबश्यक्ता बुझ्न उहाँ अस्पताल जानुभएको उहाँको स्वकिय शुशिला मल्लले जानकारी दिनुभयो । मल्लको अनुसार सांसद पाठकले घिसिङसंगै उपचारमा रहनुभएका अन्य बिरामीहरुको पनि स्वास्थ्य अबस्था र उपचार पद्धतीबारे जानकारी लिनुभयो ।