गलत बिबरण बुझाउने शहकारीको अनुदान रोकिएको हो ः कृषि सचिब

चिनारी संवाददाता
२०८० असार २४, आईतवार १५:५५

गलत बिबरण बुझाउने शहकारीको अनुदान रोकिएको हो ः कृषि सचिब

वाग्मती प्रदेश कृषि मन्त्रालयले प्रदेशमा उत्पादित दुधमा ३० करोड रुपैंया भुक्तानी दिइसकेको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब शरण पाण्डेको अनुसा प्रदेशका २ सय २२ वटा दुग्ध सहकारीहरुले अनुदानको रकम भुक्तानी पाइसकेको हो ।
उहाँले सहकारी संस्थालाई दिइएको गलत रिपोर्ट बुजाउने्, स्थानिय तहबाट लिइसकेर दाहोरो माग गर्ने बाहेको सहकारी भुक्तानी पठाइसकिएको बताउनुभयो । सचिब पाण्डेले गलत बिबरण बुझाएका, कृषिम किसान बनाइएका र एउटै शिर्षकमा दाहारो रकम भुक्तानीको लागि माग भएका शहकारीहरुको अनुदान रकम भने रोकिएको बताउनुभयो । उाँले कार्यबिधी र कानुनभन्दा माथी रकम भुक्तानी गर्न नसकिने बताउनुभएको छ ।

अनुदान रकम नपाएको भन्दै चितवनका दुख्ध सहकारीहरु मन्त्रालयमा धर्ना दिंदै

यता, २०७५ सालदेखी पाउदै आएको अनुदान रकम नदिएको भन्दै चितवन जिल्लाका दुग्ध उत्पादन किसानहरुले वाग्मती प्रदेशको कृषि मन्त्रालयमा धर्ना दिएका छन् । प्रदेश सरकारले चितवनका ३ स्थानीय तहलाई दुधमा दिँदै आएको अनुदान रोकेको किसानहरुको आरोप लगाउदै उनिहरुले धर्ना दिएका हुन् ।
प्रदेश सरकारले कायम दुधमा दिने गरेको १ रुपैंया ६७ पैसा अनुदान रकम यो बर्ष रोकिएकोले आफुहरु आन्दोलित भएको भरतपुर —८ का परशुराम दवाडीले बताउनुभयो । उहाँले नगरपालिकाले दिएको ५० पैसा लिंदा प्रदेश सरकारले नदिएको । उहाँले भन्नुभयो “राज्यले विनियोजन गरेर खाता खोल्न लगाएर भएको पैसा दिएको छैन ।”
चितवन राप्ती नगरपालिका २ का मेनका पाठकले किसानलाई रकम भुक्तानीको लागि खाता खोल्न लगाएर रकम नदिएको कारण मन्त्रालयमा धर्ना दिन आएको बताउनुभयो । रकम प्राप्त नगरेसम्म धर्ना दिने उहाँको भनाई छ ।
स्थानीय सरकारले पनि दुधमा अनुदान दिएको भन्दै प्रदेश सरकारले दिँदै आएको अनुदान रोकेको बताइएको छ । प्रदेश सरकारले दुग्ध किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिँदै आएको छ । स्थानीय सरकारले पनि दूध उत्पादनको आधारमा किसानहरुलाई थप अनुदान दिँदै आएको जनाएको छ ।
उनीहरुले दुग्ध उत्पादन किसानहरुले प्रदेश सरकारले रोकेको रकम दिनुपर्ने माग गरेका छन् । माग सम्बोधन नभएसम्म आफुहरुले कार्यक्रमलाई निरन्तरता दिने किसानहरुले बताएका छन् । उनीहरुले किसान मार्न पाईदैन, कृषि मन्त्री राजिनामा दे, किसान ठग्न पाइँदैन, दूध उत्पादन अनुदान कायम गर भन्दै नारा लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*