सवारीसाधनको आगो नियन्त्रणमा आएपछी शब भेटियो

चिनारी संवाददाता
२०८० असार २३, शनिबार ०९:५९

पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ गएराति भएको दुर्घटनामा आगोलागी भएको दुइवटै ट्रकको आगो नियन्त्रणमा आएसंगै सवारी साधनमा च्यापिएको अबस्थामा ३ जनाको शब भेटिएको छ ।
हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको ना ६ ख ६३१ नं.को ट्रक आपसमा ठोक्किए आगलागी हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । राति २ जनालाई घाइते अबस्थामा भेटेर चितवन उपचारको लागि पठाइएकोमा बिहान आगो नियन्त्रणमा आएसंगै ३ जनाको शब भेटिएको उहाँले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा ना ६ ख ६६६७ नं.को ट्रक चालक चितवनको राप्ति नगरपालिका– ८ बस्ने अन्दाजी २८ वर्षीय रिहान रुम्बा तामाङ, सोही ट्रकका सहचालक गोरखाको गण्डकी गाउँपालिका–२, गोर्दीटार बस्ने अन्दाजी २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नं.को ट्रक सहचालक मकवानपुरको मनहरी गाउँपालिका–३ बस्ने अन्दाजी २० वर्षीय अमृत प्रजा रहेको प्रहरीले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर घाइते हुनेहरुमा ६६६७ नं.को ट्रकमा सवार चितवनको राप्ति नगरपालिका–३, बस्ने अन्दाजी ३५ वर्षीय बिबेक तामाङ र ६३१ नं.को ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुन कुमार प्रजा रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*