सरोकारवालाहरुसंग उद्यम विकासको सवालमा ग्रिन फाउन्डेशनको छलफल
ग्रीन फाउन्डेशन नेपालले मकवानपुरका सरोकारवालाहरुसंग उद्यम विकासको लागि अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । फाउन्डेशनले वनमा आधारित उद्यम विकास र संस्थागत गर्न सकेमा समृद्ध समाज निर्माण गर्न सक्ने भन्दै अन्तक्र्रिया गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सांसद भारती पाठकले स्वदेशी वस्तु उत्पादनमा बिषेश जोड दिने उदेश्यले २०६४ सालमा सामुदायिक वन उपभोक्ताले एक सामुदायिक वन एक उद्यमको अबधारणा अगाडी बढाएको बताउनुभयो । सामुदायिक वनको यो अभियानमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले नेतृत्व गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ सामुदायिक वन उपभोक्ता समुहहरुसंग सहकार्य गरी ग्रिन फाउन्डेशन नेपालले कृषि वनमा आधारित उद्यमीहरु तयार गर्ने कार्य गर्दै आएको छ, यसलाई अझ बिस्तार गरेर लान सके स्थानिय उत्पादनले बजार पाउनुको साथै आयातमा कमी आउने थियो । ” उहाँले हाल सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र ग्रिन फाउन्डेशनको सहकार्यमा सामुदायिक वन समुहहरुमा समन्वय र सहकार्य गर्ने कार्य भैरहेको बताउनुभयो । देशभरीका ४ हजार जति वन समुहहरुमा वनमा आधारित साना उद्यमहरु संचालित भएको उहाँको भनाई छ ।
सांसद पाठकले दुरी र भैगोलिक बिकटता, लगानी एकदमै कम हुने, वन पैदावार निकाल्न झन्जटिलो र स्थानिय उत्पादनले प्रभाबकारी बजार नपाउने लगाएतका समस्या वनमा आधारित उद्यमहरुमा हाल देखिएका समस्याहरु रहेको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य रामहरी चौलागाई उद्यमशिलताको सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पुरा गर्न कृषि र वनलाई संगै लैजानुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले समुहहरुमा उद्यम लैजादा सबैपक्षको अध्ययन गरिनुपर्नेमा संभावनाको ख्याल गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ईटिएससी नेपालका सुर्यकिरण वनमा आधारित उदम विकासको बारेमा जिज्ञाशा राख्दै सबै क्षेत्रलाई समेट्न सुझाव दिनुभयो ।
सिडिए नेपालका अनन्त बानियाँले नेपाल सरकारका तीनवटै सरकारले वनमा आधारित उद्यमलाई प्रबद्र्दन लागिपर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मकवानपुर महिला समुहकी निशा लामाले पिडित महिलाहरुलाई उद्यममा काम गराएर रोजगारी दिन सबै पक्ष लाग्नको लागि अनुरोध गर्नुभयो ।
त्यसैगरी बालकल्याण समाजका प्रकाश खतिवडाले बालश्रम रुपान्रण क्षेत्रमा काम गरिरहदा बिद्यालय जान नसक्ने अबस्थाका बालबालिकालाई उद्यमसंग जोडेर स्वरोजगार बनाउन सकिने जनाउनुभयो ।