फोहोरबाट बिजुली र ग्यास निकाल्ने ५ करोड मुल्यको मेसिन जापान पठाईयो
हेटौंडामा उत्पादन भएको फोहोरबाट बिजुली, सिएलजी ग्यास, ग्रिन हाइड्रोजन आदी उत्पादन हुने मेशिन जापान निर्यात गरिएको छ । आज वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको निगरानीमा कम्पनीका संचालक कृष्ण खतिवडाले ५ करोड मुल्य पर्ने उक्त मेशिन जापान पठाउनुभएको हो । कम्पनीले १ महिनामा १० वटासम्म निर्यात गर्न सक्ने जनाएको छ ।
वाग्मती प्रदेशका मुख्यमन्त्रीेले जम्कट्टेलले फोहोरबाट बिजुली र सिमेन्ट बनाउन प्रयोग हुने क्लींकर उत्पादनसंगै आम्दानी गर्न सकिने प्राकृतिक ग्याँसहरुसमेत उत्पादन हुने मेसिनको निरिक्षण गर्दै यस्ता उत्पादनले देशलाई समृद्ध बनाउन कोशेढुंगा साबित गर्ने बताउनुभयो ।
उहाँले उक्त मेसिनहरुको निरिक्षण गर्दै यस्ता कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिने बताउनुभयो र गर्न सक्ने सहयोगको बिषयमा छलफल गरिने जनाउनुभयो । यसको साथै फोहोरमैलाको ब्यबस्थापनको जिम्मा प्रदेश सरकारको दायित्वमा नरहेपनि राज्यलाई समृद्ध बनाउनको लागि यस्ता कामहरुको प्रोत्साहन गरिने उहाँले जनाउनुभयो । प्रदेश सरकारले प्रोत्साहनको लागि कार्यबिधी बनाउनमा जोड दिने उहाँको भनाई रहेको छ । यस्ता मेसिनहरु प्रयोगमा ल्याएमा फोहोर ब्यबस्थापन मात्र नभएर फोहोरलाई मोहोरमा परिणत गर्न सक्ने उहाँले बताउनुभयो । फोहोर ब्यबस्थापन गर्न समस्या रहेको शहरी क्षेत्रहरुलाई उक्त मेसिन उपयोगी हुने उहाँको भनाई रहेको छ । फोहोरबाट पनि समृद्धी ल्याउन यो अत्यन्तै राम्रो माध्यम बन्ने मुख्यमन्त्री जम्कट्टलले बताउनुभयो ।
खतिवडाले यसभन्दा पहिले पनि २ थान मेशिन जापान पठाइएको बताउनुभयो । एउटा कन्टेनर गाडीमा १ पटकमा १ मात्र पठाउन मिल्ने उहाँको भनाई । नेपाल सरकारले गुणस्तरिय चिन्ह दिन मिल्ने प्रमाणपत्र नदिएको कारण हेटौंडामा उत्पादन भएको मेशिन जापानको लोगो लगाएर अन्य मुलुकमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । जापानको इनालेस्ट कम्पनीले खतिवडालाई बौद्धिक लगानीको आधारमा २५ प्रतिशत लगानीको हिस्सेदार कायम गर्दै सिफ्न टेक्नोलोजी अफिसर बनाएको र उक्त कार्यको प्रमाणपत्र समेत प्राप्त गरिसक्नुभएको उहाँले जानकारी दिनुभयो । फोहोरबाट पहिले बिजुली र क्लींकर उत्पादन गर्ने गरेकोमा हाल आएर अन्य ग्यासहरु पनि उत्पादन हुँने उहाँले जनाउनुभयो ।
हामी १० वटा प्रति महिना दिने गरी संझौता । जापान र मलेशिया र भारतमा पठाउन जापानको नेपालमा उत्पादन भएर बिदेश जाने गरेको छ फोहोरबाट बिजुली उत्पादन गर्ने मेसिन । हेटौंडा—८ का कृष्ण खतिवडाले बिगत ४ बर्षदेखी जापनिज प्रबिधीबाट उक्त मेसिन निर्माण गरेर बिदेश निर्यात गर्दै आउनुभएको छ ।
उक्त मेसिनले फोहोरमा भएका टिन, फलाम लगाएतका बस्तु छानेर अलग गरिदिने र कुहिने तथा नकुहिने फोहोरबाट भने बिजुली, क्लींकर, पत्थर कोइला र मल लगाएत उत्पादन हुने खतिवडाले जानकारी दिनुभयो । नेपालमा वातावरण मैत्री छ भनेर प्रमाणपत्र दिन मिल्ने कानुनमा नै ब्यबस्था नभएको कारण आफ्नो उत्पादन जापान लगेर जापानको नाम दिएर अन्य मुलुकमा बिक्री गर्नु परेको खतिवडा बताउनुहुन्छ । उहाँलाई नेपालभित्र ब्यापार गर्ने अनुमती भएपनि हालसम्म कुनै पनि निकायले खरिद नगरेको उहाँको भनाई छ यद्यपी बनेका मेसिनहरु भने जापान पठाएर बिक्री भैरहेको उहाँले बताउनुभयो । मेसिनले फोहोर परिमार्जन प्रक्रियामा निश्कने ग्याँसहरुलाई तापक्रम दिएर निश्क्रिय बनाइदिने र शुद्ध हावामात्र वायुमण्डलमा छोड्ने बताइएको छ । उक्त मेसिनले १ घण्टामा २ टन फोहोर ब्यबस्थापन गर्ने र उक्त प्रक्रियाबाट ०.५ मेगावाट बिजुली निश्कने खटिवडाले जानकारी दिनुभयो । उहाँको अनुसार कुहिने फोहोरबाट पत्थर कोइला बन्ने र नकुहिने फोहोरबाट भने क्लींकर निश्कन्छ जसबाट सिमेण्ट उत्पादन हुन्छ । मेसिनभित्र जडान भएका सिस्टमहरुले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्यगर्ने हुनाले फोहोर ब्यबस्थापन सहजै गर्न सकिने बताइएको छ । मेसिनले प्लाष्टिकजन्य फोहोरलाई जलाउने नभएर रसायनिक प्रक्रियाबाट नष्ट पार्ने कारणले पनि यो वातावरणमैत्री भएको खतिवडाको दाबी रहेको छ ।
नेपालभित्र बेच्ने अनुमती भएपनि सरकारले प्रमाणपत्र नदिएको कारण बिदेश पठाउन समस्या हुने गरेको खतिवडाले बताउनुभयो । यद्यपी नेपालमा प्रयोग गर्नपर्ने अबस्था भएपनि हालसम्म कुनैपनि निकायले प्रयोग नगरेको पनि उहाँको भनाई छ ।
जिम्मा दिएमा निशुल्क फोहोर ब्यबस्थापन गरिदिने
शहरी स्थानियतहहरुले फोहोर ब्यबस्थापनको जिम्मा दिएमा मात्र पनि आफ्नो मेसिन जडान गरेर निशुल्क ब्यबस्थापन गरिदिने सम्म खतिवडाले बताउनुभयो । उक्त मेसिनबाट निश्कने बिद्युत र क्लींकरले खर्च उठाउने कारण पनि आफुले जिम्मा पाएमा उक्त काम गरेर देखाउने उहाँको दाबि रहेको छ ।
मलको साथै जैबिक पोषतत्वहरु उत्पादन गर्न सक्ने
खतिवडाले फोहोर नष्ट गर्नेमात्र नभएर मल र बोटबिरुवालाई चाहिने जैबिक भिटामिनहरुसमेत उत्पादन गर्ने साना किमिका मेसिनहरु प्नि बनिरहेको जानकारी दिनुभयो ।