प्रगतिशिल स्वास्थ्यकर्मी महासंघ मकवानपुरमा पुनः रायमाझी

चिनारी संवाददाता
२०७९ फाल्गुन २८, आईतवार ०८:१०

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र निकट स्वास्थ्यकर्मीहरुको संगठन प्रगतिशिल स्वास्थ्यकर्मी महासंघ मकवानपुरमा पुनः जयराम रायमाझी चयन हुनुभएको छ । महासंघको हेटौंडामा भएको दोस्रो जिल्लाभेलाले उहाँको नेतृत्वमा २३ जनाको कार्यसमिती चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा सरस्वती लामा, मधु आचार्य र राजकुमार शर्मा, सचिबमा अशोक रखाल, सहसचिब लब थापा र पबिला थापा चयन हुनुभएको छ ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)