जवानीमा जोगाएको जंगलमा उमेर ढल्केपछी पस्न नपाउने चिन्ता

अञ्जली थापा
२०७९ पुष ७, बिहीबार १५:१६

बारा जिल्ला स्थित चुरियामाई मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्षले जवानीमा जोगाएको वनमा बुढेसकाल लागेसी सस्न नपाएको बताउनुभएको छ । कमाउने र सपना साकारपार्ने दौडमा हिड्ने उमेरमा वन जोगाउने अभियानमा लाग्नुभएका जितपुर—सिमरा उपमहानगरपालिका २१ अमलेखगंजका जंग बहादुर तामाङले आफुहरुले जोगाएर राखेको सामुदायिक वन निकुञ्जमा परेर त्यहाँ पस्न बन्देज लगाएपछी यस्तो अभिब्यक्ती दिनुभएको हो ।
२०५५ सालतिर जिल्ला वनले समुदायलाई वन दिन्छ भन्ने सुनेपछी सामुदायिक वन उपभोक्त समिती गठन गर्नको लागि अभियान चलाउनुभएका तामाङ अहिले ५९ बर्षको हुनुहुन्छ । आजभन्दा २३ बर्ष अगाडी २६ बर्षका तामाङले आफ्नो उमेरको जोश नै वन समुह बनाउन र वन जोगाउन खर्चेको बताउनुहुन्छ । सुरुवाती अबस्थामा वन जोगाउनको लागि भारतिय तस्करहरुसंग लडाई गनुपर्ने अबस्थाको स्मरण गर्दै उहाँले अहिले भने आफ्नो समुदायको अधिकारको लागि नेपाली सेनासंग जुद्नुपर्ने अअबस्थामा आइपुगेको जनाउनुभयो । पहिलाको झिंगटीले बारेको घरमा दशैं आउदा कमेरो माटो, कमेरो ल्याउदा समेत चोर बन्नुपर्ने अबस्थाको समुदायले सामुदायिक वन पाउदा राज्यले ठुलो अधिकार दिएको भन्दै जोगाएको स्मरण गर्नुहुन्छ उहाँ ।
तत्कालिन समयमा ८ सय ८१ हेक्टरमा फैलिएको वन प्राप्त गरेर जोगाएको १७ बर्षपछी ४ सय ५७ हेक्टर जमिन पर्षा राष्ट्रिय निकुञ्जमा गाभिएको छ । निकुञ्जमा गाभिएपछी उक्त स्थानबाट पात र घाँस ल्याउन समेत बन्देज लगाइएको उहाँको भनाई छ । त्यतीमात्र नभएर कहिलेकाँही चेलीबेटीहरुलाई घाँस ल्याउदा अपशब्द समेत प्रयोग हुने गरेको गुनासो उपाध्यक्ष तामाङले गर्नुभयो ।
साधारण लेखपढ गर्न सक्ने उहाँले सामुदायिक वन प्राप्त गरिसकेपछी उक्त वन जोगाउन रातभर गस्ति गर्ने गरेको बताउदै भन्नुभयो“ हामीले उ बेला हाम्रो वनको रुख जोगाउनको लागि तस्करहरुसंग जुद्नुपर्ने थियो, उनिहरु हतियार सहित वनमा प्रबेश गर्थे हामी भने लाडो र खुर्पा देखाउदै उनिहरुलाई लखेटेथेम ।” उहाँ थप्नुहुन्छ“ भारतको बिहारबाट ट्याक्टरमा काठ लैजान बन्दुक नै बोकेर आउथे तर हामीले त्यसलाई रोक्न सफल भयौं ।” उहाँले आफुले परिवालाई जत्तिकै माया समुहलाई गरेको बताउनुभयो । दिनभरीको समय परिवारको लालनपालन र रातीको समय वनको लालनपालन गरेको बताउदै उहाँले परिवार सरह गरेर जोगाएको वन अभिले आधाभन्दा धेरै भाग निकुञ्जमा परेकोले समुदाय नै निराश भएको बताउनुभयो । रातकालमा नसुति नसुति जोगाएको वनमा घाँस दाउरा गर्न समेत प्रतिबन्ध लागेकोमा तामाङले दुःख ब्यक्त गर्नुभयो ।
वन जोगाउन मात्र नभएर चुरे संरक्षणमा समेत समुदायसंगै मिलेर काम गर्दै आएको उहाँको भनाई रहेको छ । चुरे जोगाए आफुहरु जोगिने भन्दै समुदायले नै खहरे संरण गर्ने गरेको तामाङले बताउनुभयो । चुरे क्षेत्रमा खहरे दाँयाबाँया बाँस लगाउने बिरुवा रोज्ने गरेपछी पानी समेत पलाएको उहाँ बताउनुहुन्छ । पहिलो प्राथमिकता परिवार भएपनि दोस्रो प्राथमिकता वन समुहलाई दिने गरेको उहाँको भनाई रहेको छ । प¥याप्तमात्रामा बाँस रोप्दै उत्पादन गरेता पनि यहाँको समुदायलाई बाँसबाट आम्दानी गराउन भने नसकेको र बाँससंगाको जिवन संस्र्कतीको जग बसाल्न भने खोजिएको उहाँले सुनाउनुभयो ।
उपाध्यक्ष तामाङले आफुले आफ्नो उर्बर समयको २३ बर्ष वनमा लगानी गरेको जनाउदै आफ्ना सन्तानहरुले पनि वनलाई अत्यधिक माया गर्ने गरेको बताउनुभयो । आफ्नो २ छोरी र २ छोराले पनि बुझ्नेभएदेखी बोट बिरुवा र वनको बारेमा देखेको, बुझेको कारण पनि कतै रुख काटेको देखेमा बिरोध गरिहाल्ने बानी बसेको उहाँ बताउनुहुन्छ । आफुमात्र नभएर आफ्नो समुहमा भएका सबैको परिवारले वन र बोटबिरुवालाई माया गर्ने संस्बकृती बसेको उहाँको भनाई छ ।
राष्ट्रिय निकुञ्जले लिएर बाँकी बसेको वनमा भने समुहलाई आयआर्जन हुने काम गर्न चाहेको उपाध्यक्ष तामाङले जानकारी गराउनुभयो । हाईटेन्सनलाईनमुनीको करिब ४० हेक्टरजति जमिनमा जडिबुटी तथा आय आर्जनहुने किसिमका काम गर्न पाए हुने जस्तो लागेको उहाँ बताउनुहुन्छ । ५ सय २२ घरधुरी रहेको यो समुहले हालसम्म काठ तथा दाउरा बेच्न रोक लगाएर बन जोगाएकोमा अब भने रुख नभएको र खाली स्थानमा जडिबुटी रोप्ने सोँच बनाएको जानकारी दिनुभयो ।
अबको यात्रा समृद्धीको रहेको बताउदै उहाँले हरित समृद्धीको संस्कार बसाल्नको लागि आफु लागिपर्ने जनाउनुभयो । जडिबुटी, बाँस र पातबाट समुदायलाई समृद्ध बनाउनको लागि लगानी तथा सहयोगको खोजी भएको उहाँले बताउनुभयो ।
निर्माण ब्यबसायमा लाग्नुभएका तामाङ समुदायमा हरित उद्यम विकास तथा थालनी गर्नको लागि अग्रसर हुनुहुन्छ । अबको यात्रा आयआर्जन गर्ने र गराउने रहेको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*