विशेषज्ञ नर्सको लाइसेन्स दिने निर्णय रजिष्ट्रेसन समितिले नै गर्ने

चिनारी संवाददाता
२०७९ भाद्र ११, शनिबार ११:४८

काठमाडौं- नेपाल नर्सिङ परिषद्ले विशेषज्ञ नर्सिङको रुपमा नाम दर्ता गर्नका लागि परीक्षा दिन नपर्ने भएको छ। परिषद्ले विशेषज्ञ नर्सिङको रुपमा नाम दर्ता गर्नका लागि परीक्षा दिन नपर्ने यस अघिकै व्यवस्थालाई निरन्तरता दिएको हो।

काउन्सिलले जारी गरेको सूचनामा तोकिएको योग्यता पुरा गरेका नर्सहरुले आगामी १ असोजदेखि विशेषज्ञ नर्सिङ रुपमा नाम दर्ता गरी पाउँ भनेर अनलाइन फारम भरेमा रजिष्ट्रेसन समितिले त्यसबारेमा छलफल गरी उपयुक्त ठहरिएमा नाम दर्ता हुने छ।

चिकित्सा तथा पव्लिक हेल्थ तर्फ विशेषज्ञता हासिल गर्नका लागि योग्यता पुगेका विज्ञहरुले लिखित परीक्षा उत्तीर्ण गरेपछि मात्रै विशेषज्ञको रुपमा नाम दर्ता (लाइसेन्स) प्राप्त गर्दछन् ।

परिषद्को गत १ भदौमा बसेको बैठकले नेपाल नर्सिङ परिषद नियमावली २०६५ को नियम ३ (३) बमोजिम योग्यता हासिल गरेका व्यक्तिहरुले विशेषज्ञ लाइसेन्सका लागि अनलाइन फारम भर्न सक्ने निर्णय गरेको हो।

काउन्सिलकी अध्यक्ष प्राध्यापक सरला केसीले अघिल्लो कमिटिले विशेषज्ञका लागि लिखित दिनुपर्ने कुरा उठेपनि विज्ञहरुलाई प्रमाणपत्रका आधारमा विशेषज्ञ नर्सको रुपमा नाम दर्ता गर्ने निर्णय भएको बताईन ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)