४० प्रतिशत लाभांश दिँदा पनि टेलिकमको सेयर मूल्य १२/१४ सय मात्रै किन ?
नागरिकलाई सस्तो, सुलभ र गुणस्तरिय दुर सञ्चार सेवा उपलब्ध गराउने मूल दायित्व बोकेको कम्पनी हो नेपाल टेलिकम । ९० प्रतिशत हाराहारी सेयर सरकारी स्वामित्वमा रहेको टेलिकमको मुल व्यवस्थापकिय नेतृत्व अर्थात प्रबन्ध निर्देशक छन् इञ्जिनियर डिल्लीराम अधिकारी ।
‘राष्ट्रको सञ्चार’ स्लोगनसहित व्यवसाय गरिहेको टेलिकमलाई सरकारी योजना कार्यान्वयन मात्रै होइन, लगानीकर्तालाई उचित प्रतिफल दिने गरि नाफा पनि कमाउनुपर्नेछ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत रहेको टेलिकमले दोश्रो बजारमा पनि लगानीकर्ताको मन जित्नुपर्नेछ ।
पूर्णतः सरकारी खरिद प्रक्रिया अवलम्बन गर्नुपर्ने टेलिकमका प्रबन्ध निर्देशकसँग सिंहदरबारले सरकारी अपेक्षा, नागरिक दायित्व र लगानीकर्तालाई प्रतिफलको सुनिश्चितता सहित भावी योजनाका बारेमा गरेको कुराकानी ।
– हाम्रो सेवा सस्तो छ, प्रतिष्पर्धीले जसरी चार्ज गर्ने हो भने हाम्रो आम्दानी निकै माथि जान्छ ।
– नेपालमा घटेको एउटै चिज छ भने त्यो टेलिकमको महशुल मात्रै हो ।
– महामारीका बेलामा नाफा मात्रै होइन, नागरिकलाई कनेक्सनमा राख्नुपर्छ भन्ने उदेश्य थियो, त्यसकारण नाफा घट्यो ।
– सात साढे सात सयको हाराहारीमा रहेको सेयरको मूल्य म आएपछि १२/१४ सय पुगेको छ, यो इन्भेष्टर्सको कन्फिडेन्ट हो ।
– १२/१५ प्रतिशत प्रतिफल दिने कम्पनीहरुको सेयर मूल्य ३ हजारसम्म छ, ४० प्रतिशत लाभांश दिँदा पनि टेलिकमको मूल्य भने १२/१४ सयमै अड्किरहेको छ ।
– टेलिकम्युनिकेशन प्रविधि खरिद गर्दा गुणस्तरिय समान हेर्नुपर्छ, कहिले काँही सस्तो भन्दा महंगो समान पनि किन्नु पर्ने हुन्छ ।
– टेलिकममा विदेशी साँझेदारलाई व्यवस्थापन करारमा भित्र्याउन सकिन्छ भन्नेबारे कर्मचारीदेखि नै मोटामोटी सहमति छ ।
– टेलिकमको स्वामित्वमा परिवर्तन गर्न सर्वसाधारणलाई थप सेयर निष्काशन पनि गर्न सकिन्छ तर यसबारेमा नेपाल सरकार र सञ्चालक समितिको निर्णय नै अन्तिम हुने हो ।