चिनारी संवाददाता
२०८१ फाल्गुन २७, मंगलवार २१:४१

आयोजनाहरुको अनुगमन तथा मूल्यांकनका लागी ऐन बनाउने मन्त्री परिषदेको निर्णय
राष्ट्रिय समाचार समिति(रासस)
अञ्जली थापा
हेटौंडा, २७ फागुन
बागमति प्रदेश सरकारले प्रदेशको लगानीमा सञ्चालन भएका आयोजनाहरुको अनुगमन तथा मूल्यांकनकाृ लागि ऐन बनाउने भएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्रदेश अनुगमन तथा मूल्यांकन सम्बन्धी विद्येयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमती प्रदान गरेको छ । बैठकले यसका साथै अन्य ६ वटा प्रस्तावहरु स्विकृत गरेको बागमती प्रदेश खानेपानी, उर्जा तथा सिंचाइमन्त्री श्यामबहादुर खड्काले जानकारी दिनुभयो । बैठकले नेपाल सरकारको नाममा भक्तपुर जिल्ला स्थित नखेलमा रहेको १० रोपनी जग्गा मध्ये ५ रोपनी जग्गा र सूर्यविनायक नगरपालिका वडा नम्बर ७ मा रहको ७ रोपनी ७ आना दुई पैसा जग्गा प्रशासनिक कार्य सञ्चालनका लागि माग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी खानेपानी क्षेत्रगत सूचना प्रणालीमा आधारित बागमति प्रदेशको स्थानीय तहको खानेपानी सरसफाई तथा स्वच्छता योजना तर्जुमा सम्बन्धी कार्यविधि २०८१ स्विकृत गरेको छ । त्यस्तै, चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका पहिलो संसोधन पारित गरेको छ । बैठकले प्रदेश बालअधिकार समिति सदस्यमा ५ जनालाई मनोनित गरेको छ । सदस्यहरुमा बाल कल्याण समाज मकवानपुरका प्रकाश खतिवडा, सिविन बाल हेल्प लाइन मकवानपुरका झविन्द्र ज्ञवाली, काठमाडौंका अन्जनी श्रेष्ठ, राजाराम सापकोटा, र चितवनकी मन्जु वैरागी रहेका छन् । बैठकले संघीय सरकारबाट सरुवा भएर आउनुभएका विनु बज्राचार्य र कृष्ण बहादुर साहीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)