कतै सार्बजनिक जग्गा देख्नै नहुनेलाई अब जनताले चुन्नेछैनन् ः नेता मोक्तान

चिनारी संवाददाता
२०८१ पुष २०, शनिबार १७:०८

बागमती प्रदेशकी पुर्ब सामाजिक विकास मन्त्री एबम् माओबादी केन्द्रकी केन्द्रिय सदस्य कुमारी मोक्तानले सार्बजनिक जग्गा देख्ने बित्तिकै निजिकरण गर्ने भुमाफियाहरुलाई अबको चुनावमा जनताले मत नदिने बताउनुभएको छ । माओबादी केन्द्र हेटौंडा उपमहानगरपालिकाको अधिबेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै नेता मोक्तानले आफ्नो देशको नागरिकलाई बेच्ने र सार्बजनिक जग्गा निजिकरण गर्नेहरुलाई जनतामाझ उभिन कठिन हुने जिकिर गर्नुभयो । उहाँले माओबादी केन्द्रले चलाएको सुशासनको अभियानले माओबादी पार्टीमा उभार आएको बताउनुभयो । उहाँको अनुसार महिला, दलित, जनजाती लगाएत समाबेशीको मुद्धा स्थापित गर्न सफल भएको पार्टी माओबादी केन्द्रले अब भ्रष्टचारबिरुद्धको अभियानमा पनि सफलता हाल पार्दै जनताको जिवनस्थर सुधारमा लाग्ने जनाउनुभयो ।
कार्यक्रममा बोल्दै माओबादी केन्द्रका केन्द्रिय सदस्य एबम् मकवानपुर ईन्चार्ज बिजय गौतमले जनताको मुद्धामा केन्द्रित भएको कारण पनि माओबादी केन्द्रमा जनको साथ र समर्थनमा बृद्धी भएको बताउनुभयो । उहाँले अब जनताको अबस्थामा सुधार ल्याउन पार्टीले बिशेष अभियान चलाउदै जनताको मुद्धालाई अझ सशक्तरुपमा उठान गर्ने बताउनुभयो ।
माओबादी केन्द्र हेटौंडा उपमहानगरपालिका अध्यक्ष तिर्थबहादुर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटनसत्रमा माओबादी केन्द्रका केन्द्रिय सदस्य मानकुमारी पाख्रिन, प्रल्हाद लामिछाने, जिल्ला सचिब बिर बहादुर घलान( ज्वाला) लगाएतले बोल्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*