राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको संयोजकमा किशोर खत्री

चिनारी संवाददाता
२०८१ भाद्र २६, बुधबार ०५:१३

हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको संयोजकमा किशोर खत्रीलाई चयन गरिएको छ ।

मंगलबार आयोजित जिल्लास्तरीय युवा भेलाले खत्रीलाई संयोजकको जिम्मेवारी दिएको हो । आगामी मंसिर महिनामा हुने संगठनको राष्ट्रिय महाधिवेशन लक्षित गरी जिल्ला संयोजक चयन गरिएको हो ।

राप्रपा हेटौँडा उपमहानगर समितिका सदस्य खत्रीलाई संयोजकको जिम्मेवारी दिइएको हो । संगठनका केन्द्रीय अध्यक्ष सुजित केसी, संघीय सांसद दीपक बहादुर सिंह, बागमती प्रदेश सभा सदस्य डम्बर बहादुर तामाङ र आशा लामा, पार्टी केन्द्रीय सदस्य रामबहादुर थोकर, बागमती प्रदेश सचिव गुञ्जन न्यौपाने, जिल्ला अध्यक्ष शिवराम थापाको उपस्थितिमा युवा भेला भएको थियो ।

युवा संगठनलाई चलायमान बनाउने र महाधिवेशनको तयारी गर्ने गरी संयोजक चयन गरिएको बताइएको छ । नवनियुक्त संयोजक खत्रीले १५ देखि १७ सदस्यीय जिल्ला समिति बनाएर संगठनलाई चलायमान बनाउने बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*