योङ्ग कम्युनिस्ट लिग नेपाल (Ycl) हेटौंडा १९को अध्यक्षमा सुनिल सुनार

चिनारी संवाददाता
२०८१ भाद्र १३, बिहीबार २०:२१

हेटौंडा । योङ्ग कम्युनिस्ट लिग नेपाल (Ycl) हेटौंडा उपमहानगरपालिका वडा नं १९ को कमिटी पुर्ण गठन भएको छ । आज बिहिवार बिहान ८ बजे हेटौंडा वडा नं १९ बस्तिपुरमा भएको भेलामा रोसन सिन्तानको सभाध्यक्ष सन्चालन भएको थियो ।

उक्त भेलाले सुनिल सुनारको अध्यक्षतामा १३ सदस्य कमिटी पुर्ण गठन गरेको छ । आजको कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भिम पाख्रिनले युवाले मात्र समग्र रास्ट्रको बिकास गर्न सक्ने सम्भब रहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथी ज्वाला वीर बहादुर घलानले अब ycl राजनितीक ,आर्थिक र सामाजिक रुपमा अगाडि बढ्नुपर्ने बताए ।

उक्त भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य बिबेक राई,सागर उप्रेती,मकवानपुर जिल्ला सदस्य बिग्यान स्यान्तान,सुबोध घलान, हेटौंडा उपमहानगर अध्यक्ष तिर्थ थापा मगर,तामाङ रास्टृय मुक्ती मोर्चा केन्द्रिय सदस्य लोक लामा मोक्तान,हेटौंडा १९ वोडा इन्चार्ज गोकुल बैजु,वोडा १९ अध्यक्ष पुर्ण घलान,अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्ध राज अर्याल,कोसादक्ष्य अनिल बसेल,सदस्य प्रचण्ड बैजु लगायतको उपस्थिति रहेको थियो ।

भेलामा कार्यक्रम संचालन मदन उप्रेतीले गरेका थिए ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)