हेटौँडा उपमहानगरपालिका ८ कमानेमा वडा स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुदै
हेटौँडा उपमहानगरपालिका ८ कमानेमा वडा स्तरिय टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । शनिवार नेपाल खेलकुद महासंघ हेटौंडा उपमहानगरपालिका वडा नं.८ समितिले पत्रकार सम्मेलन गर्दै हेटौँडा उपमहानगरपालिका ८ कमानेमा वडा स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने जानकारी दिएको हो ।
प्रतियोगिता यही २०८१ साल भाद्र २९ गते देखि असोज ५ गतेसम्म श्री चन्द्रोदय उच्च माध्यमिक विधालय हेटौँडा-८ को खेल मैदानमा हुने आयोजकले जानकारि दिए । प्रतियोगितामा हेटौडा उपमहानगर पालिका भित्र रहेका १९ वडाका २० देखि २२ वटा किकेट टिमहरुको सहभागिता रहने बताइएको छ ।
नेकपा (एमाले) हेटौँडा-८नं. वडा कमिटीको व्यस्थापन तथा कमरेड धर्मराज पुडासैनीको संयोजकत्वमा ३१ सदस्यीय किकेट खेल सञ्चालन तथा व्यवस्थापन मूल समिति र ५ वटा बिभिन्न उपसमितिहरु गठन गरि वडा स्तरीय टि-२० क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको कमरेड धर्मराज पुडासैनिले जानकारी दिए ।
पुडासैनिले खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा यूवाहरुलाई पु-याउन तथा यूवाहरुलाई सचेत एवं संगठित गराउन सकिन्छ भन्ने विश्वास नेपाल खेलकुद महासंघले लिएको बताए ।
प्रतियोगितामा प्रथम हुने क्रिकेट टिमलाई नगद रु.५०,०००।- (पचास हजार) सिल्ड र प्रमाणपत्र प्रदान गरिने । द्वितीय हुने किकेट टिमलाई नगद रु. २५,०००।- (पच्चिस हजार) सिल्ड र प्रमाणपत्र । उत्कृष्ट मार्च पास गर्ने क्रिकेट टिमलाई विविध पुरस्कार तथा प्रमाणपत्र । उत्कृष्ट खेलाडी तथा लामो समय देखि खेल क्षेत्रमा लागेका व्यक्तित्वलाई सम्मान पत्र प्रदान गरिने छ प्रतियोगिताको लागि अनुमानित रु.३,५०,०००।- (तिन लाख पचास हजार) लागत लाग्ने अनुमान गरिएको छ भने । आर्थिक सङ्कलन विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, उधोगी, व्यवसायी तथा व्यक्तिहरु बाट गरिने आयोजकले जानकारी दिएका छन ।त्यसैगरि प्रत्येक क्रिकेट टिमलाई ईन्ट्री शुल्क वापत रु. ५०००।- (पाँच हजार) लाग्ने समेत बताएको छ ।