दलित मुक्तिमोर्चा नगर कमिटीको पुनर्गठन
हेटौंडा । ८ भाद्र/ नेपाल दलित मुक्तिमोर्चा हेटौडा उपमहानगरपालिकाको नगर कमिटीको पुनर्गठन सम्पन्न भएको छ ।
अध्यक्ष राजेश मग्रातीको सभाध्यक्षमा जिल्ला संयोजक भीम पाख्रिनको प्रमुख आतिथ्यमा नगर विशेष भेलाबाट भिम प्रसाद विश्वकर्मालाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । कमिटीमा २१ सदस्य गठन रहेका छन् ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र मकवानपुर सचिव विरबहादुर घलान (ज्वाला), नेपाल दलित मुक्तिमोर्चा केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज कमला विश्वकर्मा, नेकपा माओबादी केन्द्र हेटौडा उपमहानगरपालिका अध्यक्ष तिर्थ थापा मगर लगायतको उपस्थिति रहेको थियो ।
आगमी २०८१ असोज महिना भित्रमा बाकी सबै वडाहरुमा कमिटी बनाउने निर्णय गरिएको बताए ।