बसामाडी जेसीजद्वारा “जेसीज सप्ताह कार्यक्रम 2024” को आयोजना
हेटौँडा | बसामाडी जेसीजले आउँदो मंसिर ६ देखि ८ गतेसम्म “जेसीज सप्ताह कार्यक्रम २०२४” को आयोजना गर्ने भएको छ। यो सप्ताहब्यापी कार्यक्रममा विभिन्न सामाजिक, शैक्षिक र स्वास्थ्यसम्बन्धी गतिविधिहरू समावेश गरिएका छन्।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा “जेसीज VS बिध्यार्थी फुटसल” प्रतियोगिता रहेको छ, जुन मंसिर ६ गते बिहान ७ बजे हेटौँडाको कमलडाँडामा आयोजना गरिनेछ। यसका साथै लागू औषध सचेतना कार्यक्रम, यौन तथा प्रजनन स्वास्थ्य सचेतता कार्यक्रम, साइबर सुरक्षा तालिम, खाद्यान्न वितरण कार्यक्रम र बृक्षारोपण जस्ता गतिविधिहरू पनि सञ्चालन हुनेछन्।
कार्यक्रमको समापन मंसिर ८ गते दिउँसो १ बजे हेटौँडा पुजा वैकण्ठमा गरिनेछ, जहाँ सहभागीहरूलाई पुरस्कार वितरण गरिनेछ।
बसामाडी जेसीजका अध्यक्ष जेसी उद्धब राज कठायतले यस कार्यक्रमबाट जेसीज र स्थानीय समुदायबीचको सम्बन्ध बलियो हुने र नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने बताए।