निर्माण ब्यबसायी संघ मकवानपुर द्वारा हेटौंडा उपमहानगरपालिकालाइ ज्ञापनपत्र

चिनारी संवाददाता
२०८१ श्रावण २१, सोमबार ०७:३४

हेटौंडा । निर्माण ब्यबसायी संघ मकवानपुर द्वारा हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतम लाइ ज्ञापनपत्र बुझाएको छ । आइतवार हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा उपमहानगरले वृद्धि गरिएको व्यवसायिक कर परिमार्जित गर्ने बिषयमा निर्माण ब्यबसायी संघ मकवानपुर द्वारा हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतम लाइ ज्ञापनपत्र बुझाएको हो ।

हेटौंडा उपमहानगरपालिका ०२ स्थित हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा उपमहानगरले वृद्धि गरिएको व्यवसायिक कर परिमार्जित गर्ने बिषयमा निर्माण ब्यबसायी संघ मकवानपुर द्वारा संघको महासचिव राजेन्द्र प्रसाद चौलागाईं को नेतृत्वमा अन्य निर्माण ब्यबसायीहरु लगायतको उपस्थितिमा हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतम समक्ष ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले ज्ञापनपत्र को बिषय बारे उपमहानगर प्रमुख तथा उपप्रमुख समक्ष पेस गरिने , करको दर हेरफेर सम्बन्धमा नगरसभा बाट मात्र सम्भव हुने र तत्काल नगरसभा बस्न सकिने अवस्था नरहेको तर कसरी समस्या समाधान गर्ने भनी ब्यबसायी र उपमहानगर बिच छलफल गरेर अगाडि बढ्ने भन्ने बताउनु भएको ।

यसमा तपाइको मत

Your email address will not be published.


*