अखिल क्रान्तिकारी द्वारा हेटौंडा उपमहानगरपालिकाको १२,१३ का SEE मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

चिनारी संवाददाता
२०८१ श्रावण २१, सोमबार ०७:१९

हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नं १२,१३ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिले २०८० सालको एसईई परीक्षामा विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम बागमती प्रदेश सासंद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा वडा नं १२,१३ का विभिन्न बिद्यालयहरु बाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै माननीय सासंद कुमारी मोक्तानले अहिलेको अवस्थामा पढाइ बिना तपाईहरुको भविष्य अन्धकार रहेको र अध्ययनको खोजमा लाग्न पर्ने र विद्यार्थीहरु भविष्यको कर्णधार भएकोले अध्ययनमा विशेष ध्यान दिन आग्रह गरिन् माननिय मोक्तानले समाजको सकारात्मक विकास गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताईन् ।

सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं १२,१३ का विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने २९ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमले विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि यस्तो सम्मान कार्यक्रमले थप प्रेरणा मिल्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, नेकपा माओवादी केन्द्र मकवानपुर सचिव बिर बहादुर घलान(ज्वाला), बागमती प्रदेश कमिटी सचिवालय सुभरत्न गोले, नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर अध्यक्ष तिर्थ थापा मगर,अखिल (क्रान्तिकारी) बागमती प्रदेश कमिटी सचिव रामकृष्ण शिवाकोटी,अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष बुद्धराज अर्याल, उपाध्यक्ष दिपक वाइवा, सचिव छोइसाङ लामा, सहसचिव सुजन सिलवाल, सदस्य विशाल जिम्बा, प्राविधिक बिभाग सदस्य अनुप थोकर मकवानपुर क्याम्पस महिला नेत्री मेघ्ना पाख्रिन लगायतको आतिथ्यता रहेको थियो ।

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर वडा नं १२ का अध्यक्ष रामहरि पोख्रेलको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा वडा कमिटी सदस्य अनिल बसेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*