लुमन्तिको हेटौंडामा भएको नेतृत्व बिकास २ दिने विशेष तालीम सप्पन्न
१२ साउन / हेटौंडा । लुमन्तिको हेटौंडामा भएको नेतृत्व बिकास २ दिने विशेष तालीम सप्पन्न भएको छ । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित सिमलटार टोलबिकासमा रहेको आमा समुह , बालक्लब , योगा समूह ,गुम्बा , बित्तीय संस्था लगायत संघ संस्था का प्रमुख तथा प्रतिनिधि हरुलाइ लक्षित गरि तालीम दिइएको तालीम सम्योजक उध्दव भट्टराइ ले जानकारी दिए ।
आवासका लागि सहयोग समूह (लुमन्ती) काठमाडौ र हेटौंडा उपमहानगर पालिका नगर कार्यपालिकाको कार्यालय को सङ्युक्त आयोजनामा तालीम गरिएको हो ।तालीममा फ्रेसवाटर एक्सन नेटवर्क (FANSA) साउथ एसिया , खानेपानी सरसफाइ तथा उपभोक्ता महासङ्ग को सहकार्य रहेको थियो।
दिगो बिकास लक्ष्य ६ हासिल गर्न दक्षिण एसियामा नागरिक संजाललाई सबलिकरण गर्दै अधिकारका लागि अघिबढौ परियोजना अन्तरगत समूह ब्यवस्थापन तथा नेतृत्व सीप बिकास तालिम दिइएको लुमन्तिका कार्यक्रम सम्योजक भट्टराई ले जानकारी दिए । तालिम राम डङ्गोलको सहजीकरणमा भएको हो । साउन ११ गते शुक्रबार देखि हेटौंडाको रोयल प्यालेसमा शुरु भएको तालिम शनिबार समापन भएको हो ।
सिमलटार टोलबिकास संस्थाका सदस्य छेगु गोलेको सभाध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा हेटौंडा ११ का वडासमन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्य , सिमलटार टोलबिकास संस्थाका सदस्य जोसन योन्जन , पत्रकार जी. न्यौपाने लगायतकाको आतिथ्यता रहेको थियोे ।