बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट दिए राजीनामा

चिनारि सम्बादाता कुमार बन्जारा
२०८१ श्रावण ६, आईतवार १६:३३

साउन ६/ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् ।

बागमती प्रदेश प्रमुख कार्यालयमा बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गा नारायण श्रेष्ठ, भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्र मान श्रेष्ठ , रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्य, युवा तथा खेलकुद मन्त्री रमा आले मगर लगायतको उपस्थितिमा बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेल द्वारा प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजिनामा पत्र बुझाइएको हो ।

आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।

प्रदेश सभाबाट प्रदेश प्रमुख कार्यालय गएर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा बुझाएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन् ।

गत २०७९ पुस २५ मा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । २४ असारमा सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । २५ पुसमा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व गरेका जम्कट्टेल १८ महिनामा सरकारबाट बाहिरिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*