हेटौंडा उपमहानगर पालिका १ नम्बर वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको

चिनारी संवाददाता
२०८१ श्रावण ३, बिहीबार ०६:१३

हेटौंडा । हेटौंडा उपमहानगर पालिका १ नम्बर वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । १ नम्बर र ११ नम्बर वडा जोड्ने राप्ती नदीबाट जथाभावी ढुङ्गा , गिट्टी , बालुवा उत्खनन गरिएको बिषयलाइ लिएर सरोकारवालाहरु बिच अन्तरक्रिया सहितको सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको १ नम्बर वडाध्यक्ष सबिन न्यौपानेले बताए ।

वडाध्यक्ष न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बरकि वडाध्यक्ष जुना दाहाल , हेउमनपा कार्यपालिका सदस्य इश्वरी रसाइली , ११ नम्बर वडासदस्यद्वय सन्जय बिडारी , बिकास नेपाल लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियोे ।

यसैगरी हेटौंडा उपमहानगर पालिका ३ नम्बर वडामा पनि नदिजन्य पदार्थ उत्खनन बिषयलाइ लिएर सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । ३ नम्बर वडाध्यक्ष ढलकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बर वडाध्यक्ष जुना दाहाल , १९ नम्बर वडाध्यक्ष नरनाथ सुवेदी , ११ नम्बर वडा सदस्य गोपिनी सापकोटा , ३ नम्बर वडा सदस्य हर्क बहादुर पाखृन , हेउमनपाका अधिकृत बसन्तराज सिटौला लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सरकारको नितिनियम कमजोर हुँदा क्रसर उद्योगहरु समस्यामा परेको क्रसर उद्योग संचालकहरुले गुनासो गरेका थिए । सरकारले नीति राम्रो नबनाउने अनि ब्यवसायिहरुलाइ चोरको उपमा दिने यो जायज नभएको ब्यवसायिहरुको भनाइ छ । क्रसर ब्यवसायिहरुकै कारण निर्माण सम्बन्धि कामहरुसम्पन्न हुने हुनाले ब्यवसाय हितमा सरकारले सोच्नुपर्ने ब्यसायिहरु बताउछन ।

यसै प्रसङ्गमा हेटौंडा उपमहानगर पालिकाले कति दुरिमा नदि उत्खनन गर्ने , कहाँ कम गर्ने , कहाँ उत्खनन गर्दैनगर्ने भन्ने बिषयमा नीतिनिर्माण गरि कार्यान्वयन गरेर अघि बढ्ने योजना राखेको प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*