जिल्ला युवा समिति, मकवानपुरद्वरा किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम सम्पन्न

चिनारी संवाददाता
२०८१ असार १०, आईतवार ०३:१८

हेटौंडा । “सिर्जनसील्ता र उद्यमशील्ता प्रवर्द्धन: बागमतीमा युवा सशक्तिकरण” भन्ने मुल नाराका साथ जिल्ला युवा समिति, मकवानपुरले २ दिने महिला आत्मरक्षा तालिम सम्पन्न गरेको छ ।

किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम असार ७ गतेबाट उद्घाटन गरेर ८ गते सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि ललित बहादुर घलानले २ दिनको कार्यक्रम बाट पक्कै पनी आफूमा क्षमता वृद्धि गर्नुभएको छ र आफूलाई कसरी सुरक्षित राख्ने त्यो किसिमको तालिम प्राप्त गर्नुभएको छ भनेर बताए ।

कार्यक्रमका सभाध्यक्ष जिल्ला युवा समिति, मकवानपुरका अध्यक्ष सुमन पाख्रीनले यस कार्यक्रमले दिएको आत्मरक्षा तालिम जिवनमा उपयोग गर्नुहुनेछ भन्ने आशा गरेका छौं । सेल्फ डिफेन्स तपाईको आत्मारक्षा कसरी गर्ने विभिन्न टेक्नीकहरु लिनुभएको छ भनेर बताए ।

कार्यक्रममा प्रशिक्षक सुजाता भुजेल, विष्णु श्रेष्ठ, र अतिथिमा मकवानपुर क्याम्पस स्ववियु सदस्य सुजन सिलवाल, मकवानपुर क्याम्पस स्ववियु सदस्य राहुल डिम्डुङ लगायतको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*