चैत २५ गतेबाट सुरु हुने प्रथम अन्तरप्रदेशस्तरीय खेलकुदको तयारी अन्तिम चरणमा
हेटौडा । प्रदेश खेलकुद विकास परिषदको आयोजनामा यही चैत २५ गतेबाट हुन लागेको प्रथम अन्तरप्रदेशस्तरीय प्रतियोगिता तयारी लगभग अन्तिम चरणमा पुगेको छ । बुधबार चितवनको भरतपुर महानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले चैत २५गतेदेखि बैशाख १ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।
प्रतियोगितामा १ सय ३६ वटा स्वर्ण पदकको लागि ७ वटा प्रदेशको करिब १ हजार ५ सय ४७ जना खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको लागि १ सय ३६ वटा स्वर्ण, १सय ३६ वटै रजत र १ सय ८६ वटा रजत पदक गरी करिब ४ सय ५८ वटा पदकको व्यवस्था गरिएको सदस्यसचिव भण्डारीले बताउनुभयो ।
प्रतियोगिता छनोट हुने खेलाडीहरुलाई प्रशिक्षण दिएर १० औँ संस्करणको राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उहाँले बताउनुभयो । विभागीय टिम मजबुत भएकोले, सबै खेलाडीहरु विभागीय टोलिमा लागेको कुराको मध्य नजग गरेर प्रतियोगिताको गर्न लागेको उहाँको भनाई छ । यस प्रतियोगिताको माध्यमले सबै प्रदेशले समयमा खेलाडीहरु तयार गर्ने र खेलाडी उत्पादनमा थप टेवा पुग्ने उहाँले दावी गर्नुभएको छ ।
प्रतियोगिताको उद्घाटन चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्नुहुनेछ भने समापन हेटौंडा–६ स्थित गौरीटार रंंगशालामा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्नुहुनेछ । गौतम बुद्ध क्रिकेट रंगशालालाई अन्तराष्ट्रि रुपमा चिनाउन प्रतियोगिताको उद्घाटन चितवनमा गर्न लागेको र मकवानपुरमा फुटबल खेल प्रतिको आर्कष्ण बढ्दो क्रममा रहेकोले प्रतियोगिताको समापन हेटौंंडामा गर्न लागेको उहाँले बताउनुभयो ।
यस अघि प्रदेशले प्रतियोगिताको समापन हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशाला गर्ने भनेतानि चौँथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता २४ गतेबाट सुरु हुने भएकोले प्रतियोगिताको समापन हेटौंडामा गर्न लागेको उहाँको भनाई छ । भरतपुर महानगरपालिको भ्रमण वर्ष समेत सफल बनाउने लक्ष्य लिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा ७ प्रदेशका खेलाडीहरुबीच ९ वटा विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्र्तगत पुरुष फुटबल हेटौंडाको गौरीटार रंगशालामा हुनेछ भने बाकीको ८ वटा खेलहरु भरतपुर महानगरपालिकामै हुनेछ । एथ्लेटिक्स चैत २६ र २७ गते चितवनको चित्रवन रंगशालामा र २६ गतेदेखि २८ गतेसम्म भलिबल भरतपुरको गेष्ट हाउस चौरमा हुनेछ ।
यस्तै कराँतै र तेक्वान्दो चैत २६ र २७ गते भरतपुर महानगरपालिकाको औद्योगिक प्रर्दशनी हलमा हुनेछ । पौडी प्रतियोगिता २६ र २६ गते एल्टीडी हबेलीमा र व्याडमिन्टन चैत २६ गतेदेखि २८ गतेसम्म भरतपुर महानगरपालिकाको कर्भड हलमा हुनेछ । महिला क्रिकेट २४ गतेदेखि २७ गतेसम्म गौतमबुद्ध क्रिकेट रंगशालामा र पुरुष क्रिकेट चैत २८ गतेदेखि बैशाख १ गतेसम्म हुनेछ ।
महिला फुटबल चैत २६ गतेदेखि बैशाख १ गतेसम्म बखत स्मृति रंगशालमा र बक्सिङ औद्योगिक प्रर्दशनी कर्भड हलमा चैत २६ गतेदेखि २९ गतेसम्म हुनेछ । प्रतियोगिता सबल तरिकाले सम्पन्न गर्नका लागि प्रदेश खेलकुद विकास परिषदकी अध्यक्ष कुमारी मोक्तानको सभाध्यक्षमा मुल समारोह समिती गठन गरिएको छ भने सदस्य सचिव भण्डारीको अध्यक्षतामा कार्यकारी समिति गठन गरिएको छ । प्रतियोगिताको लागि विभिन्न ५ उपसमितिहरु र ९ वटा समिति गठन गरिएको छ ।
प्रतियोगितामा स्वर्ण रजत र कास्य पदकको विजेता टिमले क्रमश ः ५ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र ३ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टिमले ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब १२ करोड रुपैयाँको खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सहभागी हुने खेलाडीहरुको खर्च प्रदेश खेलकुदले व्यर्होनेछ । यस्तै खेलाडीहरुलाई ट्रयक सुट, जुत्ता, मोजा र टावल पनि प्रदान गरिनेछ ।