मुख्य समाचार
टोल विकास नगर समन्वय समितिले वातावरण दिवस सप्ताहव्यापी रुपमा मनाउने
१५ जेष्ठ/ मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा ७ दिनसम्म विविध कार्यक्रम गरी ५२ औँ विश्व वातावरण दिवस मनाउने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपाल मकवानपुरको संयोजनमा आयोजित पत्रकार सम्मेलनमार्फत् उक्त विषयमा जानकारी गराइएको हो । सप्ताहव्यापी कार्यक्रम जेठ १७ गतेदेखि २३ गतेसम्म...
एक दिने कानुनी परामर्श सम्पन्न
हेटौंडा / हेटौंडा–११ वडा कार्यालयको आयोजनामा एक दिने कानुनी परामर्शसम्बन्धि अभिमुखीकरण गरिएको छ । वडामा रहेका टोलविकास संस्था, आमा समूहलगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई कानुनबारे जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । शर्मिला अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा नेपालको संविधान, संघीय, प्रदेश र...
वन भित्र अनावश्यक संरचना निर्माण नगर्न वन मत्री पोखरेलको निर्देशन
हेटौँडा । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले वन भित्र अनावश्यक संरचना निर्माण नगर्न निर्देशन दिएका छन् । हेटौँडा–२ स्थित वनस्खण्डी मन्दिर परिसरमा निर्माण गरिएको खुल्ला व्यायमशालाको शनिबार समुद्घाटन गर्दै वन भित्र अनावश्यक रुपमा सिमेन्टबाट बनेका संरचना निर्माण नगर्न आग्रह गरेका हुन । प्राकृतिक सम्पदाको...
अखिल (क्रान्तीकारी) बकैया गाउँपालिका अध्यक्षमा सागर श्रेष्ठ
हेटौंडा । ११ जेठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) बकैया गाउँपालिकाको प्रथम सम्मेलन शुक्रबार सम्पन्न भएको छ । सम्मेलनले सागर श्रेष्ठको अध्यक्षतामा बकैया गाउँपालिकाको कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षहरुमा सविन खड्का, विसाल नेपाल सचिवमा दिपेश घिमिरे सह सचिवमा अदित्य न्यासुर, विशेषता कार्की कोषाध्यक्षमा सपना थिङ चयन...
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
हेटौंडा । ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा निशुल्क लेखापालन तालिमको शुभारम्भ गरेको छ । अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष अभ्युदय खनालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका क्यामपस प्रमुख डा. यम सिलवालको प्रमुख आतिथ्यता रहेको थियो । आईतबारदेखि...
हेटौंडामा ११ मा टेलरिङ्ग तथा ब्युटिशियन तालिम को शुरूवात
०२ जेष्ठ, हेटौंडा । हेटौंडामा ११ मा टेलरिङ्ग तथा ब्युटिशियन तालिम को शुरूवात भएको छ । बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि पौडेल ले तालिम पूरा गरेर आयस्रोतको बजारसंग जोडीन तालिममा सहभागी हरुलाइ आग्रह गरे । सीप सिकेर...
बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री एका लाल श्रेष्ठको सल्लाहकारमा तुलसी प्रसाद नियुक्त नियुक्त
बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री एका लाल श्रेष्ठले तुलसी प्रसाद रिजाललाई विज्ञ सल्लाहकारमा नियुक्त गर्नुभएको छ। हेटौंडा ४ निवासी रिजाललाई विज्ञ सल्लाहकारमा मन्त्री श्रेष्ठले नियुक्त गर्दै बुधबार पदस्थापन गर्नुभएको हो । मन्त्रालयले उहाँलाई बौद्धिक सम्पत्तिको रुपमा प्रयोग गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो। मन्त्रालयले उहाँको बौद्धिकतालाई उच्चतम प्रयोग गर्दै...
बागमती प्रदेश युवा परिषद्ले हेटौंडामा आजबाट नि:शुल्क सीप मुलक तालिमहरु संन्चालन गर्यो
२७ / बैशाख । हेटौंडा । प्रदेश युवा परिषद् बागमतीले नि:शुल्क सीप मुलक तालिम आज देखि हेटौंडामा समुदघाटन समारोह गरेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती मकवानपुरले विभिन्न क्षेत्रको सीपमुलक तालिमहरु आज देखि समुदघाटन गरेको छ । प्रदेश युवा परिषद...
साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम
हेटौंडा, २०८१ वैशाख २७ । नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१/८२ मा विशेष कार्यक्रम ल्याउने भएको छ । यसका लागि प्रदेशभित्रै उत्पादन र बजारीकरणमा संलग्न गराउने गरी युवा शक्तिलाई...
राष्ट्रीय युवा संघ भीमफेदीको पहिलो बैठक सम्पन्न
२२ बैशाख/हेटौंडा । राष्ट्रीय युवा संघ नेपाल भीमफेदी गाऊँपालिका कमिटीको प्रथम बैठक शनिबार सम्पन्न भएको छ । राष्ट्रीय युवा संघ भिमफ़ेदीका अध्यक्ष बादल सिलवालको अध्यक्षता र राष्ट्रीय युवा संघका केन्द्रिय सदस्य प्रकाश लामाको प्रमुख आतिथ्यता र राष्ट्रीय युवा संघ मकवानपुरका संयोजक राजेश नगरकोटीको विशिष्ट आतिथ्यता रहेको थियो । बैठकले...