मुख्य समाचार
बिहीबारदेखि देशभरका पहाडी क्षेत्रमा हिउँ पर्ने
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजीक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गर्ने र सो...
विभागको ताकेतापछि लक्ष्मी र श्री स्टिलले घटाए फलामे डण्डीको मूल्य
काठमाडौं । व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो चार/चार रूपैयाँले मूल्य घटाएका हुन् । लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य ७७ रूपैयाँ कायम गरेका छन् । यसअघि...
निजी क्षेत्रको साझा अपिल- आम हड्ताल फिर्ता लिनुस्
काठमाडौं । माधव प्रचण्ड समुहले घोषणा गरेको बिहिबारको आम हड्ताल फिर्ता लिन निजी क्षेत्रले आग्रह गरेको छ । निजी क्षेत्रका तीन ठूला छाता संस्थाहरु नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति प्रकाशित गरि आम हड्ताल फिर्ता लिन आव्हान गरेका हुन् । उनीहरुले...
आम हड्ताल सफल बनाउन अनेरास्ववियूको मसाल जुलुस
काठमाडौं । माघ २२ गते बिहिबारको राष्ट्रव्यापी आम हड्ताल सफल बनाउन अनेरास्ववियूले राजधानीमा मसाल जुलुस निकालेको छ । कान्तिपुर सिटि कलेज पुतलिसडकबाट निस्केको जुलुस पद्मोदय चोक बाल्मिकी, आरआर क्याम्पस हुँदै भृकुटीमण्डपमा पुगेर सम्पन्न भएको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गरेपछि नेकपा माधव प्रचण्ड समुहले आन्दोलन गर्दै आएको...
केरूङमा थन्किएका मालसामान नेपाल भित्र्याउने पहल सुरू
काठमाडौं । कोभिड–१९ का कारण केरूङमा थन्किएर बसेका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल सुरू भएको छ । कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि २३ किमी पर केरूङको भण्डारणमा रहेका सबै सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याइ दिन जिल्ला...
बुक बिल्डिङको सेयर किन्न छानिए थप १८ कम्पनी
काठमाडौं । बुक बिल्डिङ प्रणालीबाट निष्काशन हुने सेयर खरिदका लागि थप १८ कम्पनी छानिएका छन् । नेपाल धितोपत्र बोर्डले माघ २० गते थप कम्पनीलाई सो प्रणालीको सेयर किन्न योग्य संस्थागत लगानीकर्ता ठह¥याएको हो । बोर्डले यसअघि नै ४६ कम्पनीलाई त्यस्तो सेयर किन्न योग्य रहेको जनाएको थियो । अब बुक...
माधव-प्रचण्ड समुह निकट विद्यार्थीद्धारा देशभर एक घण्टा चक्का जाम
काठमाडौं । नेकपा(माधव प्रचण्ड) निकट विद्यार्थीहरुले देशभरका मुल सडकहरु एक घण्टाा जाम गरेका छन् । प्रतिनिधी सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम विरुद्ध आन्दोलनरत यो पक्षले बिहान कार्यालय समय सुरु भएपछि एक घण्टा सडक अवरुद्ध पारेका हुन् । राजधानी काठमाडौंमा प्रदर्शनी मार्ग, पुतलिसडक, घण्टाघटर, पुल्चोक, बानेश्वर, मध्यपुर ठिमी, चावहिल...
इतिहासमै पहिलोपल्ट २५०० अंक पार गर्यो नेप्सेले
काठमाडौं । नेप्से परिसूचकले इतिहासमै पहिलोपल्ट २५०० अंक पार गरेको छ । मंगलबार २४७३.७३ मा बन्द भएको परिसूचक बुधबार कारोबार खुलेको २ मिनेटमै एतिहासिक बिन्दु पार गरेको हो । कारोबार सुरू भएको ५ मिनेट बित्दा नेप्से ४४ अंकले बढेको छ ।
तीनकुने कृषि बजारमा क्युआर कोडः १२० रुपैयाँको एक किलो कागति किने गभर्नरले
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीनकुनेस्थित हरित स्मार्ट कृषि बजारमा १२० रुपैयाँको एक किलो कागतिको भुक्तानी क्युआर कोड भुक्तानी सेवा आरम्भ गरेका छन् । माछापुच्छ्रे बैंक र कृषि बजारले संयुक्त रुपमा सुरु गरेको क्युआर कोड भुक्तानी सेवाको आरम्भ गर्दा गभर्नर अधिकारीले साइली माया जिम्बाको पसलबाट कागति...
काठमाडौंको पबमा कुटाइ खाइन नायिका कार्कीले, पिट्ने को ?
काठमाडौं । नायिका सुष्मा कार्कीले काठमाडौंको लण्डन पब क्याफेमा कुटाइ खाएकी छन् । आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै सुष्माले प्रहरीमा उजुरी दिएकी छन् । सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् ।