विश्व

भारतमा फेरी बढ्यो कोरोना सङ्क्रमण, मङ्गलबार यो वर्षकै धेरै

  नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका हुन् । यसअघि एक दिनमा सङ्क्रमितको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको...

अमेरिका-दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तरको आपत्ति 

  प्योङयाङ । उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भत्र्सना गरेको छ । उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ । उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक किम यो जोङले एक विज्ञप्ति जारी...

चार सरकारी बैंक निजीकरण गर्दै भारत, एक लाख ३० हजार कर्मचारीको जागिर धरापमा

नयाँ दिल्ली । सोमबार र मंगलबार भारतभरका सबै सरकारी बैंकहरुमा कर्मचारी हड्ताल छ । भारतकै सबै भन्दा ठूलो कर्मचार संगठन युनाइटेड फोरम अफ बैंक युनियन्सले हड्ताल आव्हान गरेको हो । फोरममा भारतका बैंक कर्मचारी तथा अफिसरहरुको ९ वटा संगठन आवद्ध छन् । हड्तालको कारण भनेको सरकारले आईडीबीआई बैंक र...

रोचले अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक खरिद गर्ने

क्यालिफोर्निया । स्वीट्जरल्यान्डको औषधि निर्माता कम्पनी रोचले अमेरिकी जेनमार्क डाइग्नोस्टिक कम्पनी करिब १ अर्ब ८० करोड डलरमा खरिद गर्न लागेको सोमबार जनाएको छ । क्यालिफोर्नियामा मुख्यालय रहेको जेनमार्कले खासगरी मोलिकुलर परीक्षण गर्ने गर्दछ । कम्पनी खरिद गरेपश्चात रोचले एउटा नमुनाबाटै धेरै किसिमका परीक्षणहरु गर्न सक्नेछ । रोचले सार्वजनिक गरेको...

मंगोलियामा धुलोसहितको आँधीबेहरी र हिम आँधीमा परी ६ को मृत्यु

मंगोलिया । मंगोलियामा भीषण रुपमा आएको धुलोसहितको आँधीबेहरी र हिमआँधीमा परी गत एक हप्ताभित्र कम्तीमा ६ व्यक्तिको मृत्यु भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले सोमबार जानकारी दिएको छ । उक्त आँधीहरुमा हराएका ५४८ जनामध्ये जना ४६७ जीवित भेटिएका नेमाले जनाएको छ । दुर्भाग्यवश, दक्षिणी प्रान्त दुंडगोभीमा पाँच...

नेदरल्यान्ड्समा आमनिर्वाचन शुरु, तीन दिन मतदानको व्यवस्था

  हेग । युरोपेली मुलुक नेदरल्यान्डमा सोमबारदेखि संसदका लागि मतदान शुरु भएको छ । कोरोनाभाइरसका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो । प्रधानमन्त्री मार्क रुटले यस चुनावमा पनि विजयी हासिल गर्ने सम्भावना छ । कोभिड-१९ को प्रसार रोक्ने उद्देश्यले रातिको कफ्र्यु समेतका अति...

नेपालमा लगाइरहेको कोरोना खोपमाथि आशंका, रगत जमेको भन्दै युरोपेली देश पछि हटे

काठमाडौं । केही युरोपेली मुलुकले अस्ट्राजेनिकाका खोप लगाउन स्थगित गरेको भन्दै थाईल्यान्डले खोप अभियान स्थगित गरेको छ । रगत जम्ने खतरा देखिएको भन्दै युरोपेली देश पछि हटेपछि थाइल्यान्ड सचेत भएको हो । तर, विश्वका धेरै स्वास्थ्य निकायहरुले अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरेपनि खोप अभियान स्थगित गर्न...

चीनले अलिबाबालाई एक अर्ब डलर जरिवाना गर्ने

बेइजिङ । चीनले ई-कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड...

अमेरिकाले ल्यायो १९ खर्ब डलरको कोरोना राहत प्याकेज, हप्तामा ३०० डलर बेरोजगारी भत्ता

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस)ले अनुमोदन गरेको छ । राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्वपूर्ण विजय मानेका छन् । बाइडेन ह्वाइट हाउसमा प्रवेश गरेको करिब सात हप्तापछि...

कोरियामा श्रम कानुन परिवर्तन, अब नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज

सोल । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम यहाँको श्रम...