अर्थ समाचार
कोरोनाले बढायो परनिर्भरता : आर्थिक गतिविधि बिथोलिँदा अघिल्लो वर्षको भन्दा बढी आयात
काठमाडौं । कोरोनाले ग्रसित पारेकै बेला अघिल्लो वर्षको भन्दा बढी आयात भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा गत आवको ८ महिनाको भन्दा बढी आयात भएको हो । चालु आवको पहिलो ६ महिना कोरोनाको कारण आर्थिक गतिविधि ठप्प थियो । अहिले अर्थतन्त्र विस्तारै लयमा आउन लागेको देखिएको छ...
गाडी ल्याएर बेच्ने र प्रदुषण बढाउने होइन, अब आफैं बनाउनुस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीहरुलाई विदेशमा बनेका गाडी ल्याएर बेच्ने, प्रदुषण बढाउने काम छाडेर आफैं गाडी बनाउने तर्फ लाग्न अनुरोध गरेका छन् । बालुवाटारमा उद्योगी व्यवसायीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले नेपालमै गाडी बनाउन के के सुबिधा चाहिने हो, त्यो आफुले उपलब्ध गराउने पनि बताए । ओलीले २०...
सरकारले भारतबाट पेट्रोल ल्याउँछ, तस्करले उतै लगेर बेच्छन् किन ?
काठमाडौं । नेपाल आयल निगमको ढुवानीकर्ता जय गौरीशङ्खर ढुवानी सेवा प्रालिको नाममा रहेको ट्याङ्करलाई नेपाल प्रहरीले गत फागुन २ गते नियन्त्रणमा लियो । उक्त ट्याङ्करको चेम्बर र फ्युल ट्याङ्कमा एक हजार ३६० लिटर डिजेल अनधिकृतरुपमा भारततर्फ लैजाँदै गरेको भेटिएपछि प्रहरीले कारवाही गरेको थियो । यसपछि निगमले सो ट्याङ्करमा इन्धन...
नक्कली भ्याटबिल प्रयोग गर्ने ठेकेदार विरुद्ध मुद्धा
काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गर्ने ठेकेदार विरुद्ध मुद्धा दायर गरेको छ । विभागले नक्कली भ्याट प्रयोग गर्ने सन्तोषी।लोहनी जेभी र सन्तोषी निर्माण सेवाका सञ्चालक केशबराज कँडेलसहित तीन जना विरुद्ध मुद्धा दायर गरेको हो । विभागले कँडेल, उज्वलराज कँडेल र लक्ष्मी कुमारी कँडेल विरुद्ध मुद्धा...
समृद्धिका लागि वन आयोजनामा विश्व बैंकको २ अर्ब ८० करोड ऋण, कृषि विकास बैंकले कार्यान्वयन गर्ने
काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच “समृद्धिका लागि वन” आयोजनाका लागि २ अर्ब ८० करोड रूपैंयाँ (२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताको कुल रकम मध्ये ७१ करोड रूपैंया अनुदान र २ अर्ब ९ करोड रूपैंया सहुलियतपूर्ण ऋण रहेको छ । आयोजनाले...
हतारमा लगानी सम्मेलन गर्दा प्रतिफल आएन्ः अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाको पूर्ण तयारी गरेर लगानी सम्मेलनको आयोजना हुनसके त्यसबाट उचित प्रतिफल प्राप्त हुने बताएका छन् । उनले भने, “तयारी नगरी लगानी सम्मेलनलगायतका कार्यक्रम आयोजना गर्दा त्यो अपेक्षाकृत सफल हुन सकेको छैन, अब तयारी आयोजनासहित छिमेकी भारत तथा चीनबाट वास्तविक...
पोउवा सङ्घ र इ-सेवा फोन पेबीच सम्झौता
काठमाडौं । पोखरा उद्योग वाणिज्य सङ्घले ‘डिजिटल भुक्तानी अर्थात् फोन पे क्युआर सेवा सञ्चालनमा ल्याएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ र इ–सेवा फोन पे प्रालिबीच मङ्गलबार क्युआर डिजिटल पार्टनरशीप सम्झौतामा हस्ताक्षर भएको हो । सङ्घले यसअघि नै इ–सेवा र क्युआ कोडमार्फत सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाएको थियो ।...
हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा जुटेका छौं–अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा आफूहरु लागि परेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ५४ औँ स्थापना दिवसका अवसरमा समृद्ध मुलुक निर्माणका लागि केही योजना बनाएर हरेक निजी क्षेत्रका उद्योगी एवं व्यापारीलाई समेटेर अघि बढ्ने उनले...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २।२ रुपैयाँले बढ्यो
काठमाडौं ।सरकारले इन्धनको मूल्य पुनः वृद्धि गरेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २।२ रुपैयाँले बढाएको हो । अब पेट्रोल प्रति लिटर ११८ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १०१ रुपैयाँ पर्नेछ ।
विदेश जाने ७५ प्रतिशतले घटे, नेपाल भित्रिने पैसा ११ प्रतिशतले बढ्यो, कसरी ?
काठमाडौं । विदेशीने नेपालीको संख्या बढेपनि नेपालले प्राप्त गर्ने रेमिट्यान्स (विप्रेषण आप्रवाह) भने बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा नेपालले ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको हो । प्राप्त रेमिट्यान्स गत वर्षको यही अवधि (माघ मसान्तसम्म)भन्दा १०.९ प्रतिशत बढी हो । गत आवको...