अर्थ समाचार
दसैँ–तिहार विशेष सुपथ मूल्य पसल भदौ अन्तिमदेखि खुल्ने
दसैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको छ । व्यापारिक दुई सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व विशेष सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् । यद्यपि, यस वर्ष नयाँ स्थानमा...
अहिलेसम्मकै ठूलो परिमाणमा खाद्यान्न जफत
भक्तपुर नगरपालिका–१ चुनदेवीस्थित ‘चुनदेवी खाद्य स्टोर’मा शुक्रबार छापा मारी रु १४ लाख बराबरको विभिन्न ब्राण्डका चामल, दाल र तेल जफत गरी नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले आज शुक्रबार स्टोरमा छापा मारी म्याद गुज्रेका, घुन तथा...
कञ्चनपुरमा पनि सुरुभयो व्यावसायिक ड्रागनखेती
कञ्चनपुर । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो । “प्रतिबिघा प्रतिवर्ष ३५ हजार तिर्ने सम्झौता गरी १०...
कोभिड खोप किन्न सरकारले विश्व बैंकबाट साढे ८ अर्ब ऋण लिने
काठमाडौं । कोभिडविरूद्धको खोप किन्न सरकारले विश्व बैंकबाट साढे ८ अर्बभन्दा बढी ऋण लिने भएको छ । विश्व बैंक र नेपाल सरकारबीच ७.५ करोड अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलीयतपुर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव शिशीर कुमार ढुंगाना र...
पानी नआउँदा पनि शुल्क तिर्नुपर्ने व्यवस्थाबारे प्रधानमन्त्री ओली अनभिज्ञ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ताका धारामा पानी नआइकन शुल्क र जरिवाना तिर्नुपर्ने प्रणालीमा सुधार गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । खानेपानी मन्त्रालयले आज राजधानीमा मेलम्चीको पानी औपचारिक रुपमा वितरण शुरु गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेवाग्राहीले सेवा नपाइकन शुल्क जरिवाना तिर्नुपरेको सुन्दा आफूलाई अचम्म...
यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्नेहरू
काठमाडौं । सरकारले आव २०७५/७६ मा सबैभन्दा बढी कर तिर्नेहरूलाई सम्मान गरेको छ । करदातालाई प्रोत्साहित गर्ने भन्दै आन्तरिक राजस्व विभागले अघिल्लो आवको विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मानित गरेको हो । आव २०७५/७६ मा १५ विधामा सबैभन्दा बढी कर तिर्ने करदाता सम्मानित भए । कोको भए सम्मानित ? सबैभन्दा...
स्टार्टअप व्यवसायीलाई बोलाएर अर्थमन्त्रीले सोधेः बजेटमा तपाईंहरूलाई के चाहियो ?
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नव उद्यमीहरूलाई बोलाएर बजेटले सम्बोधन गर्नुपर्ने विषय सोधेका छन् । मन्त्री पौडेलले स्टार्टअपमा लागेका युवाहरूलाई छलफलमा डाकेर आगामी बजेटमार्फत् केकस्ता समस्या समाधान गरिनुपर्ने जानकारी लिएका हुन् । बजेट लेखन कार्यले तीब्रता पाउँदा पछिल्लो मन्त्रालय तथा मन्त्री पौडेल छलफलमा व्यस्त छन् । आजै मन्त्रीले संस्कृति,...
१ सय ५१ जनालाई आरोहण अनुमति, सगरमाथा चढ्ने सबैभन्दा बढी ७ समूह
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ । सगरमाथाका तीनसहित २० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ । आज मात्रै सगरमाथाका तीनसहित छ आरोही...
लयमा फर्कँदै पर्यटन : एक महिनामा भित्रिए १५ हजार विदेशी, गत चैत यताकै सर्वाधिक
काठमाडौं । कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १३८...
कार्यान्वयन गर्नै नसक्ने योजना नल्याउनुस् : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु र सोही अनुसार बजेट प्रस्ताव गर्न अनुरोध गरेका हुन् । खर्च हुन नसक्ने भएकाले सरेन्डर...