अर्थ समाचार

मेक इन नेपाल अभियानः सरकारी सहयोग खोज्दै परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले मेक इन नेपाल–स्वदेशी अभियान कार्यान्वयनका लागि सरकारसँग हात फैलाएको छ । परिसंघका अध्यक्ष सतिश मोरसहितको टोलीले अर्थमन्त्री बिष्णु पौडेल र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलार्य भेटेर सहकार्यका लागि हात फैलाएको हो । भेटमा अर्थमन्त्री र उद्योग मन्त्री दुबैले मेक इन नेपाल– स्वदेशी...

जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

  रुकुम (पूर्व) । सिस्ने गाउँपालिका-८ धपेमा रहेको जामाखोला लघुजलविद्युत् आयोजना पुनःनिर्माण गरी सञ्चालन गरिएको छ । पहिरोले विद्युत् गृह बगाएर अवरुद्ध भएको दुई वर्षपछि विद्युत् पुनःनिर्माण गरी सञ्चालन गरिएको हो । शुरुमा २०७२ माघ २६ गते उद्घाटन गरी सञ्चालन भएको ९० किलावाटको विद्युत् आयोजना करीब चार वर्षसम्म चलेर...

सिनो हाइड्रो र मजदूरबीच सहमतिपछि शुरुभयो काम

तनहुँ । ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको प्याकेज-२ अन्तर्गतको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेशन र मजदुरबीच भएको विवाद समाधान भएको छ । सिनो हाइड्रो र नेपाली मजदुरबीच शुक्रबारदेखि विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि काम अवरुद्ध भएको थियो । शुक्रबार राति विद्युत्गृहमा चालक पुष्कर थापाले स्काभेटर...

बढ्यो सुनको मूल्य

  काठमाडाैं । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा आज सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा रु ४०० ले उकालो लागेको छ । प्रतितोला रु ८८ हजार...

व्यवसाय प्रवर्द्धनका लागि अनलाइन सेवा

चितवन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवर्द्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आयोजना गरेको ‘नेपाल व्यापार सूचना पोर्टल’सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनलाइनमार्फत व्यवसाय प्रवर्द्धन गर्नका लागि सरकारले प्रक्रिया शुरु गरेको जानकारी दिइएको हो । स्वदेशमा उत्पादित सामग्रीलाई विदेशमा निर्यात गर्न...

दोहोरो आर्थिक वृद्धि र बर्सेनी ४ लाख रोजगारी सृजना गर्ने लक्ष्यसहित भिजन पेपर ल्याउँदैछौं- गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभाग बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा संचालित उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषण सहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले आज एक समारोहका बीच काठमाडौंमा हस्ताक्षर...

अर्थतन्त्रलाई बलियो बनाउने बजेट आउँछः अर्थ सचिव ढुंगाना

बिराटनगर । नेपाल सरकारले राजश्व परिचालन तथा व्यवस्थापनको क्षेत्रमा आवश्यक सुझाव दिन तथा सिफारिस गर्न स्थायी संरचनासहितको नेपाल राजश्व परामर्श समितिले आज यहाँ सुझाव सङ्कलन गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गर्ने बजेटमा राजश्वनीति, करको सङ्गठन र संरचना एवं कार्य प्रक्रियाको मूल्याङ्कन, व्यवसायमैत्री र लगानीमैत्री वातावरण...

नेपालगञ्जमा एकीकृत भन्सार चौकी निर्माण धमाधम, २ अबै ३५ करोडको संरचना २ वर्षमै बन्ने

नेपालगञ्ज । नेपाल र भारत सरकारबीच सम्झौता भएको १५ वर्षपछि नेपालगञ्ज नाकामा आइसिपी (एकीकृत भन्सार जाँच चौकी) निर्माण भइरहेको छ । भारत सरकारले सन् २००५ मा नेपालको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवा नाकामा आइसिपी निर्माण गरिदिने सहमति जनाएको थियो । विराटनगर र वीरगञ्जमा भने आइसिपी निर्माण गरी भारतले यसअघि नै नेपाल...

सोमबारदेखि पुनः सञ्चालनमा आउँदै केरुङ नाका, व्यवसायीलाई राहत

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका सोमबारदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो । “सोमबारदेखि नै नाका खोल्न चिनियाँ...

४१ करोड बढी राजश्व छल्ने व्यवसायी विरुद्ध कर छली मुद्धा

काठमाडौं । ४१ भन्दा बढी राजश्व छल्ने व्यवसायीहरु विरुद्ध कर छलिको मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभागले बीरगञ्ज उप(महानगरपालिका वडा नं १० स्थित रजनीश ट्रेडिङ कन्सर्न र डल्फीन ट्रेडर्स प्रालिका संचालक रजनीश कुमार गुप्ता विरुद्ध पच्चीस करोड असी लाख पैसठ्ठी हजार चार सय तेईस रुपैँया विगो दावीसहित...